प्रवासी मञ्च युरोपले भूकम्पपीडितलाई एनआरएनएमार्फत् ३० लाख सहयोग गर्ने

लन्डन। नेपालमा हालै गएको भूकम्पबाट प्रभावितहरुको लागि प्रवासी नेपाली मञ्च युरोप कमिटीले ३० लाख रुपैया सहयोग गर्ने भएको छ।

कमिटीले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि एनआरएनएमार्फत् उक्त रकम सहयोग पठाउने भएको हो।

मञ्चको युरोप कमिटी संयोजक मुक्त गुरुङको अध्यक्षतामा सम्पन्न आकस्मिक बैठकले युरोपमा रहेका मंचका राष्ट्रिय कमिटीहरुको सक्रियताबाट संकलन गरी यथासक्य चांडो  पीडितहरुलाई सहयोग उपलब्ध गराउने निर्णय गरेको सचिव शालिक थपलियाले जानकारी दिए।

अबको तीन हप्ताभित्र राष्ट्रिय कमिटीहरुबाट सहयोग संकलन गरेर एनआरएनएको सहयोग अभियानमार्फत् पीडितलाई सहयोग बांड्ने योजना बनाइएको छ।

बैठकले विनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।

संयोजक गुरुङले बैठकमा उपस्थित युरोप कमिटीका पदाधिकारी तथा राष्ट्रिय कमिटीका पदाधिकारीहरुलाई यस विषम परिस्थितिमा मातृभूमिमा परेको यो क्षतिमा आ-आफ्नो तर्फबाट योगदान दिन पनि निर्देशन दिए।

सो अवसरमा प्रमुख अतिथि प्रवासी नेपाली मञ्चका सचिव हेम शेर्पा, मञ्चको अन्तराष्ट्रिय कमिटी सल्लाहकार समिति उपाध्यक्ष तथा एनआरएनए आइसीसीका नवनिर्वाचित उपाध्यक्ष रामशरण सिम्खडा, मञ्चको स्कुल विभाग प्रमुख गोविन्द पौडेलसहित युरोपस्थित मञ्चआबद्ध अभियन्ता,  राष्ट्रिय कमिटीका अध्यक्ष तथा सचिवहरुको उल्लेख्य उपस्थिति थियो।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित