मिसेस युनिभर्स २०२३ मा विमलालाई ‘मिसेस हुम्यानिटी’को उपाधि

लन्डन । फिलिपिन्समा भएको  ४६औं मिसेस युनिभर्स २०२३ को प्रतियोगितामा विमला बुढाथोकीले‘मिसेस हुम्यानिटी २०२३’ को उपाधि जेतेकी छन् । अक्टोबर १ देखि  ८ तारिखसम्म फिलिपिन्सको मनिलामा आयोजना भएको ४६औं मिसेस युनिभर्स २०२३ मा बेलायत निवासी विमलाले नेपालको प्रतिनिधित्व गर्दै मिसेस युनिभर्स २०२३ मा सहभागी भएकी थिइन् । उक्त प्रतियोगितामा विश्वभरका दर्जनौं मिसेस सुन्दरीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगिता सकेर बेलायत आएपछि विमलाले भनिन्, ‘नेपालको प्रतिनिधित्व गर्दै फिलिपिन्स पुगेर नेपाललाई विश्वसामू चिनाउन आफ्नो तर्फबाट  आत्मविश्वास र इमान्दारीपूर्वक प्रयास गरेको छु, मानव सेवा भन्दा ठूलो धर्म अरु केहि हुदैन, मिसेस युनिभर्स २०२३ मा ‘मिसेस हुम्यानिटी’ बाट सम्मानित हुन पाउनु नेपालको लागि पनि गौरवको विषय हो’ उनले भनिन् ।

प्रतियोगिताका दौरानका आफ्ना १० दिन निकै फलदायी रहेको बताउंदै  फिलिपिन्स समुदाय तथा  प्रतियोगीहरुबाट राम्रो सहयोग पाएको बताइन् । निकट भविष्यमा हुन गइरहेका ३/ ४ वटा प्रतियोगितामा सहभागिता जनाउन आफूलाई प्रस्ताव पनि आएको बताउंदै  आफ्नो यात्रामा सहयोग पुर्याउने सबैलाई धन्यबाद दिंदै भावी दिनमा पनि सहयोग गर्न आग्रह गरेकी छन् ।

नेपाली संस्कृतिको पहिचानस्वरूप प्रतियोगिताको प्रिइलिमिनेशन राउन्डमा उनले नेपालीपन झल्काउने पहिरन लगाएकी   थिइन् । यसैगरी उनले प्रतियोगितामा सहभागिता जनाउन आउनेहरुलाई नेपाली सामाग्रीहरु कोसेली स्वरुप प्रदान गर्दै नेपाल भ्रमणमा आउन निमन्त्रणा समेत गरिन् ।

लन्डन फेसन हाउसले बेलायतमा आयोजना गरेको ‘कोरोनेसन नाइट’ मा विमलालई  मिसेस नेपाल युनिभर्स २०२३ को उपाधि प्रदान गरेसंगै विमलालाई मिसेस युनिभर्स २०२३ को प्रतियोगितामा सहभागी उने अवसर जुटेको थियो ।

ट्राभल टुरिजम एण्ड हस्पिटालिटी म्यानेजमेन्टमा ब्याचलर्स गरेकी उनले  क्याबिन क्रुको तालिम समेत लिएकी छन् भने नेपाल छंदा दुई वर्ष सिंगापुर एअरलाइन्स्मा काम गरेकी थिइन् । सन् २०१० देखि बेलायत बस्दै आएकी विमला सामाजिक कार्यमा आवद्ध रहनुका साथै च्यारिटी संस्थासंग पनि सहकार्य गर्दै आएकी छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित