फिलिपिन्समा मिसेस् युनिभर्सको प्रतिनिधित्व गर्दै विमला

लन्डन । आगामी अक्टोबरमा फिलिपिन्समा हुने ४६औँ मिसेस् युनिभर्स २०२३ प्रतियोगितामा लन्डनकी विमला बुढाथोकीले प्रतिनिधित्व गर्ने भएकी छन् ।

लन्डन फेसन हाउसले आइतबार ‘कोरोनेसन नाइट’ समारोहबीच मिसेस् नेपाल युनिभर्स २०२२ की फस्ट रनर अप बुढाथोकीलाई मिसेस् नेपाल युनिभर्स २०२३ घोषणा गरेपछि उनी फिलिपिन्स जाने भएकी हुन् । बुढाथोकीलाई मनीषा डंगोल र मिसेस् नेपाल युनिभर्स २०२२ की विजेता सन्नी शाहीले मिसेस् नेपाल युनिभर्स २०२३ को क्राउन लगाइदिएका थिए ।

फिलिपिन्समा हुन गइरहेको ४६औँ मिसेस् युनिभर्स २०२३ मा सय भन्दा बढी मुलुकका मिसेस् सुन्दरीहरुको सहभागिता रहने आयोजक संस्थाकी निर्देशक मनीषा डंगोल श्रेष्ठले जानकारी दिइन् । उपाधिसँगै बुढाथोकीलाई आगामी अक्टोबरमा हुने प्रतियोगिताका लागि नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसरसहित चुनौती पनि थपिएको छ ।

नेपालको प्रतिनिधित्व गर्न पाउँदा आफू निकै उत्साहित रहेको र अब प्रतियोगिता तयारीमा लाग्ने उनले बताइन् ।

सन् २०१० देखि बेलायत बस्दै आएकी विमलाले ट्राभल टुरिजम एण्ड हस्पिटालिटी म्यानेजमेन्टमा ब्याचलर्स गरेकी छन् । क्याबिन क्रुको तालिम समेत लिएकी विमलाले नेपाल छंदा दुई वर्ष सिंगापुर एअरलाइन्स्मा काम गरेकी थिइन् । हाल उनी बेलायतको एक प्रतिष्ठित क्याफे चेन प्रेट अ मंगर’ मा म्यानेजरका रूपमा कार्यरत छिन्।

विमला नेपाली समाजका विभिन्न इभेन्ट्स तथा सामाजिक कार्यमा आवद्ध रहनुका साथै च्यारिटी संस्थासंग पनि सहकार्य गर्दै आएकी छन् । बेलायतमा समेत नेपाली कला, संस्कृतिलाई प्रवर्धन गर्ने उनको चाहना छ ।

लन्डन हयारोस्थित नेवा छेः मा आयोजित समारोहमा मिसेस् नेपाल युनिभर्सका पूर्व प्रतिष्पर्धी सुन्दरीहरुले ुक्याटवाकु गरेका थिए । संगीतमय कार्यक्रम सुस्मिता थापाले सञ्चालन गरेकी थिइन् ।

यसपटकको प्रतियोगितामा विगतको जस्तो प्रतिस्पर्धा नगरिएको र  प्रक्रियागत रूपमा नै आन्तरिक रूपमा छनौट गरिएको  आयोजक संस्थाकी निर्देशक मनीषा डङ्गोलले बताइन् । प्रतियोगिताले महिलालाई अघि बढ्ने क्षमता अभिवृद्धि गर्नुका साथै थप आत्मबल बढ्ने पनि उनको धारणा थियो ।

‘प्रतियोगितामा सहभागी जनाउन सहयोग एवम् हौसला प्रदान गर्न पुरुषको पनि उत्तिकै हात रहेको र  मिसेस् नेपाल युनिभर्सलाई यहाँसम्म ल्याउनको लागि घरपरिवारको पनि उत्तिकै योगदान छ, मनिषाले भनिन् ।

कार्यक्रमलाई सफल पार्न विभिन्न माध्यमबाट सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिँदै आफ्नो अभियानमा निरन्तर सहयोग गर्न उनले आग्रह गरिन् ।

 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित