कंडेलको नेतृत्वमा ’अन्तरराष्ट्रिय नेपाली कलाकार समाज’ यूके

लन्डन। विदेशमा बस्ने नेपाली कलाकारहरुको संस्था ’अन्तरराष्ट्रिय नेपाली कलाकार समाज’ (इनास) यूकेको नेतृत्वमा कलाकार तथा सञ्चारकर्मी सञ्जयभक्त कंडेल चयन भएका छन् ।

आइतबार लन्डन प्लमस्टिडस्थित गोर्खा क्लबमा सम्पन्न संस्थाको पाँचौं अधिवेशनले कंडेललाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको हो।

अध्यक्ष निर्वाचित कंडेलले संस्थामा यसअघिका दुई कार्यकाल महासचिवको जिम्मेवारी सम्हालेका थिए। उनी इनास युरोपका वर्तमान सहसंयोजक पनि हुन्।

आगामी दुई वर्षे कार्यकालका लागि निर्वाचित सर्वसम्मत समितिमा दीपक थापा वरिष्ठ उपाध्यक्ष, सबिना श्रेष्ठ उपाध्यक्ष, सर्वेन्द्र अधिकारी महासचिव, लाल बराली सचिव र लालमणि भट्टराई कोषाध्यक्ष छन्। कार्यसमिति सदस्यमा अभिषेक गौतम, गोमा खरेल ‘श्रेया’, सुष्मिता थापा, सुनिल न्यौपाने र अमृता पाण्डे चुनिएका छन्।

त्यस्तै, संस्थाको प्रमुख संरक्षकमा इनास ग्लोबल उपाध्यक्ष मनिषकुमार श्रेष्ठ तथा संरक्षकमा संस्थापक अध्यक्ष सनमकुमार वैराग, पूर्व अध्यक्ष रजनी सुनुवार र निवर्तमान अध्यक्ष विनोद चिपालु मनोनित भएका छन्।

राजन सुवेदी संयोजक तथा आनन्द धरेल र शेखर शर्मा सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमितिको घोषणा गर्दै पदाधिकारीलाई शपथग्रहण गराएको थियो।

इनास यूके संरक्षक एवम् ग्लोबल उपाध्यक्ष मनिषकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष विनोद चिपालु, सल्लाहकार दीपक श्रेष्ठलगायतले नयाँ कार्यसमितिलाई कार्य सफलताको शुभकामना दिएका थिए।

यसअघि निवर्तमान समिति अध्यक्ष विनोद चिपालुको अध्यक्षतामा सम्पन्न अधिवेशनमा संस्थाका वार्षिक तथा आर्थिक प्रतिवेदनहरु छलफलपछि पारित गरिएको थियो।

संसारभर नेपाली कला, भाषा र संस्कृति संरक्षण र प्रवर्द्धनको उद्धेश्यसहित सन् २०१२ मा स्थापित इनासको यूके शाखा सन् २०१५ मा स्थापना भएको थियो। इनासले विश्वका ७० भन्दा बढि देशमा आफ्नो शाखा विस्तार गरिसकेको छ ।

नवनिर्वाचित अध्यक्ष कंडेलले आफ्नो कार्यकालमा नर्दन आयरल्याण्ड, स्कटल्याण्ड, वेल्स र इंग्ल्यान्डसहित बेलायतका चारै राज्यमा पहिलोपटक शाखा बिस्तार गरेर  संस्थालाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित