गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने बाटो खुल्यो

लण्डन । गैरआवासीय नेपालीहरूले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने औपचारिक बाटो खुलेको छ।  गैरआवासीय नेपाली नागरिकता दिने प्रावधानसहितको नियमावली नेपाल राजपत्रमा प्रकाशित भएसँगै गैर आवासीय नेपाली नागरिकता प्राप्तिको व्यवहारिक बाटो खुलेको हो ।

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्ले भनेको छ- ‘यो उपलब्धिका लागि समस्त हामी एनआरएनहरूमा बधाई । यस कार्य पुरा गर्न समन्वयकारी भूमिका निर्वाह गर्नुभएका संविधानसभाका अध्यक्ष तथा पूर्व सभासद स्वर्गीय सुवासचन्द्र नेम्वाङ ज्यूलाई  यस अवसरमा विशेष रुपमा स्मरण गर्न चाहान्छौँ । साथै, सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, नेपालको प्रतिनिधि सभाका सभामुख एवं माननीय सदस्यज्यूहरु, राष्ट्रिय सभाका अध्यक्ष एवं माननीय सदस्यज्यूहरु, सम्पूर्ण राजनीतिक दलका नेतृत्व वर्ग तथा नेता ज्यूहरू, विभागीय माननीय मन्त्री ज्यूहरू, एवं नेपाल सरकारका अंगहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौं ।’

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली नागरिकता प्राप्तिको यस अभियानमा लाग्ने संघका पूर्व अध्यक्ष एवं पूर्व कार्यसमिति तथा वर्तमान कार्यसमितिको नेतृत्व एवं सम्पूर्ण अभियन्ताहरुमा आभार व्यक्त गरेका छन् ।

‘हाल प्राप्त नागरिकताको माग नै हाम्रो अन्तिम आवश्यकताको माग नभएपनि प्राप्त उपलब्धिहरुको रक्षा गर्दै वंशजको नागरिकताको निरन्तरता लगायत नेपाली नागरिक सरहको अधिकारका लागि हाम्रो प्रयास भने जारी राख्ने छौं’-केसीले भनेका छन् ।

नेपाल नागरिकता (तेश्रो संशोधन) नियमावली २०८०:

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित