‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’ बोलको गीत सार्वजनिक

लन्डन  । ‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’ बोलको  गीतको म्यूजिक भिडियोको एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।  आर्मी अफिसर्स क्लब काठमाडौँमा नेपाली सेनाका प्रधान  सेनापति प्रभुराम शर्माले  मंगलबार विमोचन गर्नुभएको हो ।

नेपाली सेनाले विगतमा गरेका क्रियाकलाप र योगदानको चर्चा गरिएको गीतमा युवा संगीतकार राजेन्द्र बजगाइले संगीत दिएका छन् । गायिका गीता पाण्डे, गायक सुभाष तिम्सिनाको युगल स्वर रहेको गीतमा कोरस गायन नारायण थापा, रवीन्द्र लामिछाने, राज कुमार आले मगर, राजीव परियार हेमन्त रामजेली मगरको छ । गीतको संगीत संयोजना दिनेश सुनामले गरेका छन् ।

नेपाली सेनाका उच्च तहका अधिकृतहरूका साथै नेपाली गीतसंगीत र कलासाहित्यका विशिष्ट स्रष्टाहरूको उपस्थिति रहेको यस कार्यक्रममा राष्ट्रिय भावना र स्वाधीनताको अभिव्यक्ति रहेको विमोचित गीतको छायाचित्रसमेत प्रस्तुत गरिएको यस कार्यक्रममा यस गीतका स्रष्टाहरूलाई प्रमुख अतिथिले सम्मानपत्र पनि प्रदान गर्नुभएको थियो ।

नेपाली सेनाको इतिहास प्रस्तुत गरिएको यस गीतमा नेपाली सेनाको औचित्य, आवश्यकता र उद्देश्यलाई यस गीतको विषयगत पक्षमा समेटिएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित