क्यान्सर पिडित वाईवालाई एनआरएनए सचिव न्यौपानेद्वारा दुई लाख सहयोग

काठमाडौँ, केही महिनापहिले देखी क्यान्सर रोगबाट थलिएका मकवानपुर जिल्ला बागमती गाउपालिका वार्ड नम्बर २ का बुद्धिमान वाईवालाई आर्थिक सहयोग प्रदान गरिएको छ।

वाईवालाई गैर आवासीय नेपाली संघ (एनआरएनए) का आईसीसी सचिव खगेन्द्र न्यौपानेले एटी सेक्युरिटी कम्पनी मलेसियाको तर्फबाट २ लाख आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

न्यौपाने एटी सेक्युरिटी कम्पनी मलेसियाका डाइरेक्टर हुन् । क्यान्सर पीडित वाइवाले आफूलाई सहयोग प्रदान गरेकोमा एनआरएनएमा आईसीसी सचिव न्यौपाने र एटी सेक्युरिटी कम्पनी मलेसियालाई धन्यवाद व्यक्त गरे ।

उनले उक्त रकमले आफ्नो उपचारमा ठुलो सहयोग हुने बताए । उनको नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । वाईवा ७ वर्ष एटी सेक्युरिटी कम्पनी मलेसियामै सेक्युरिटी गार्डमा कार्यरत रहेका थिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित