लन्डन । नेपालमा सर्वाधिक चर्चा अनि सफलता कमाएको नेपालि हास्य चलचित्र वडा नम्बर ६ बडा दशैंको अवसर पारेर यहिं अक्टुबर २४ शनिवारका दिन बेलायतस्थित अल्डरशटको एम्पायर हलमा प्रदर्शन हुदैछ । कार्यक्रम हुन केहि दिन मात्र बाँकी रहंदा आयोजक बिरेन खड्का र अनिल मल्ले जनाय अनुसार टिकट बिक्री निकै उत्साहजनक रुपमा भएकोछ । ६ एकान ६ को अत्यधिक सफलता प्राप्त गरेपछि बनेको दीपा र दीपकको यस चलचित्रले त झनै नयाँ किर्तिमान कायम
गरि करोडौंको क्लवमा प्रवेश गर्न सफल भएको थियो । ६ एकान ६ मा जस्तै हाँस्य व्यंग्यमा मात्र आधारित नरहेर यो वडा नम्बर ६ चाहिं विशेस गरि एउटा कथावस्तुमा आधारित रहेर बनेकोछ । माता सरस्वती मुभिजको ब्यानरमा बनेको यस चलचित्रमा दीपक, दीपा, जितु, प्रियंका, दयाहांग, माग्ने बुढा, धुर्मुस, राजाराम, सिताराम कट्टेल, केदार घिमिरे, विल्सन बिक्रम, जस्ता कलाकारहरुको समिश्रण रहेकोछ । उक्त सिनेमालाइ उज्वल घिमिरेले निर्देशन गरेका हुन् भने कार्यकारी निर्देशकको भूमिका निर्मल शर्माले निभाएका छन् । प्रियंका कार्की र दयाहांग बाहेकका प्राय सबै कलाकारहरुको यस सिनेमामा लगानी रह्र्कोछ । तेसै भएर होला जितु नेपालले थोरै लगानी गरेर पनि निर्माता बन्न पाइँदोरहेछ भन्दै व्यंग्य गरेका थिए । जे भयपनि यो सिनेमा पनि दर्शकहरुले अत्यधिक रुचायको भन्ने कुराको हालै नेपालमा प्रदर्शनी द्वारा पनि प्रमाणित हुन्छ । हाँस्य कलाकारहरुको वास्तविक छवि भन्दा अलग्गै खालको अभिनय देख्न सकिने कुरा दर्शक हरुले बातायेकाछन । बेलायतको अल्डरसट स्थित द किंग सेन्टरमा आउने अक्टुबर २४ तारिख का दिन प्रदर्शन हुन लागेको कुरा आयोजक विरेन खड्काले बतायकाछन् । उक्त सिनेमा हेर्दा हाइ आउने र निदरा लाग्ने समस्या आउनेछैन भन्दै दीपक राज गीरीले दर्शकहरुलाई ढुक्क भएर सिनेमा हेर्न भनेका छन् । तेस्तै गरि नायिका प्रियंका कार्कीले पनि यस सिनेमामा निकै रमाइलो भएको र दर्शकहरुले पनि तेस्तै रमाइलोको अनुभूती गर्ने कुरा बताएकि छन् । नेपालमा खस्किदै गएको चलचित्र व्यवशायमा यस चलचित्रले केहि उर्जा थपेकोछ । विदेशमा बस्ने नेपालीहरुलाई पनि यसले पक्कै पनि मनोरंजन दिलाउनेछ भने यहिं अक्टुबर २४ मा बेलायतको अल्डरर्शटमा प्रदर्शन हुने भएको हुँदा बेलायतबासिलाई पनि यसले पक्कै पनि मनोरंजन दिलाउनेछ ।
बिस्तृत जानकारीको लागि तलको लिंकमा सुन्नुहोला |