गोर्खा वारियर मुभिलाई बेलायती प्रधानमन्त्रीको शुभकामना

लन्डन । बेलायती सेनाका गोर्खा सैनिकहरुको कथामा निर्मित नेपाली चलचित्र ‘गोर्खा वारियर’लाई बेलायती प्रधानमन्त्री ऋषि सुनकले शुभकामना पठाएका छन्।

आगामी सेप्टेम्बर १० आइतबार लन्डन लेष्टर स्क्वायरस्थित प्रतिष्ठित आइम्याक्स सिने वर्ल्डमा एक भव्य समारोहबीच हुन लागेको प्रिमियर शो र चलचित्रको सफलता कामना गर्दै उनले शुभकामना सन्देश पठाएका हुन्।

‘गोर्खा सैनिकहरुको वीरता, समपर्ण र त्यागलाई प्रकाश पार्दै यो अद्भूत चलचित्र बन्न लागेको थाहा पाउँदा मलाई खुशी लाग्यो’, प्रधानमन्त्री सुनकले आफ्नो सन्देशमा भनेका छन्।

कार्यव्यस्तताका कारण प्रिमियिर शोमा सहभागी हुन असमर्थ रहेकोमा दुःख व्यक्त गर्दै उनले निमन्त्रणाका लागि निर्माण टिमलाई धन्यवाद ज्ञापन गरेका छन्। साथै, चलचित्र तथा प्रिमियर शो दुवै सफल हुने र सबैले मन पराउने आशा उनले व्यक्त गरेका छन् ।

गोर्खा वारियर चलचित्रका प्रेस को-अर्डिनेटर आकाश सुनुवारका अनुसार प्रिमियर शोमा बेलायतको हाउस अफ लर्डसका सदस्य लर्ड हवार्ड, सांसद डमियल नोएल थोमस कोलिन्ससहितका बेलायती र नेपाली दुवै समुदायका विशिष्ट अतिथिहरु आउने पक्का भइसकेको छ ।

गोर्खा वारियर प्रिमियर हुन लागेको लन्डन लेष्टर स्क्वायरस्थित आइम्याक्स सिनेवर्ल्ड हलिउड र बलिउडका चलचित्रसमेत प्रदर्शन हुने प्रतिष्ठित सिनेमा हो ।

‘हलिउड र बलिउडका चलचित्र प्रिमियर हुने सिनेमामा रातो कार्पेट बिछ्याएर नेपाली कलाकारलाई हिंडाउँदैछौं। र त्यहाँ बेलायती सेनाको ‘द ब्याण्ड अफ द ब्रिगेड अफ गोर्खाज’ ले विशेष प्रस्तुति दिनेछ’, गोर्खा वारियर निर्देशक मिलन चाम्स भन्छन्, ‘यस्ता गतिविधिले हाम्रो चलचित्र र हाम्रो कथालाई विश्वसामु पुरयाउन मद्धत गर्नेछ भन्ने विश्वास लिएका छौं।’

नेपाली, अंग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायतका कलाकारले अभिनय गरेका छन्। चलचित्रका निर्माता बेलायतस्थित अनुग्रह ज्वेलर्सका सञ्चालक सुमन राई र सुष्मिता वाइवा हुन्।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित