महानायक राजेश हमाल लण्डनमा

लन्डन  ।  महानायक राजेश हमाल शनिबार राति लन्डन आइपुगेका छन् । करिब एक महिनाको लागि बेलायत आएका हमालले बेलायतका नेपाली समुदायसंग अन्तरक्रिया गर्ने र उनीहरुका कथाव्यथालाई नियाल्ने छन् ।

बेलायतमा रहंदा उनी विभिन्न स्थानमा आयोजना गरिने च्यारिटी कार्यक्रममा सहभागी हुनेछन् । सेप्टेम्बर ४ को सांझ हमालको सहभागितामा लन्डन ब्ल्याकहिथस्थित एभरेष्ट इन रेष्टुरेन्टमा ‘ब्ल्याक टाई गाला डिनर’ हुँदैछ । हेल्प नेपाल नेटवर्क यूकेको आयोजनामा हुने कार्यक्रमबाट संकलन हुने कोष हेल्प नेपाल नेटवर्कद्वारा काभ्रेमा सञ्चालित बाल गृहलाई सहयोग गरिनेछ ।

त्यस्तै, सेप्टेम्बर ९ को साँझ लन्डन साउथ ह्यारोस्थित गोल्डेनसिप रेष्टुरेन्टमा तय ‘मिट एन्ड ग्रिट विथ महानायक’ मा हमालले भाग लिनेछन्।त्यसबाहेक उनले मिडल्यान्ड र स्कटल्यान्डसम्म पुगेर पनि स्थानीय नेपालीहरु भेट्ने कार्यक्रमको तयारी भइरहेको छ ।

बेलायत बसाइपछि उनी युरोपका विभिन्न मुलकको भ्रमणमा जाने छन् । विदेशमा रहेका नेपालीहरुको कथा सुन्ने र विशेष टेलिभिजन सिरिज ल्याउने उद्घोष गरेका अभिनेता हमालले सोही अभियानको प्रारम्भिक चरणमा बेलायत र युरोपका विभिन्न देशहरुको भ्रमण गर्न लागेका हुन् ।

महानायक हमालले विदेशमा बसेर विभिन्न क्षेत्रमा राम्रो सफलता पाएका नेपालीहरुको कथा आम नेपालीमाझ ल्याउनु आवश्यक रहेको भन्दै उनीहरुको सकारात्मक कथा धेरैका लागि प्रेरणादायी हुने बताएका छन् । त्यतिमात्रै नभएर उनीहरुसंग भएको अनुभव र दक्षतालाई नेपालसंग जोड्नुपर्ने र त्यसबाट देशले कसरी फाइदा लिने भन्नेतर्फ सोच्नुपर्ने उनको धारणा छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित