एनआरएनए उपाध्यक्ष शर्मा अस्ट्रेलियाका अभियन्तासँग सुझाव लिँदै

अस्ट्रेलिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष राजेन्द्रकुमार (आरके) शर्मा अस्ट्रेलिया पुगेका छन । अगस्ट २ मा हुने एनआरएनए अस्ट्रेलियाको साधारणसभा तथा नयाँ कार्यसमितिको नेतृत्व हस्तान्तरण कार्यक्रममा भाग लिन उनी अस्ट्रेलिया पुगेका हुन् ।

अस्ट्रेलिया भ्रमणको क्रममा शर्माले एनआरएनए अस्ट्रेलियाको साधारणसभा तथा नयाँ कार्यसमितिको नेतृत्व हस्तान्तरण र पदवहालीमा सहभागिता जनाउने छन् । अस्ट्रेलियामा गैरआवासीय अभियन्ताहरूसँग भेटेर अभियानलाई अगाडि बढाउने विषयमा सल्लाह र सुझाव लिने शर्माले बताए । एनआरएनएको आगामी असोजमा हुने विश्व सम्मेलनमा शर्माले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

जसको लागि विश्वभरका अभियन्ता भेट्न शर्माले युरोप, जापान, मध्यपुर्व, मलेसियालगाएतको देशको भ्रमण गरिसकेका छन् । “युरोप र जापानमा बस्ने गैरआवासीय अभियन्ताबाट मलाई निकै राम्रो सल्लाह र सुझाव आएको ,”शर्माले भने,“यो क्रममा अस्ट्रेलियामा बस्ने अभियन्तासँग भेटेर उहाँहरूको महत्त्वपूर्ण सल्लाह र सुझाव लिने छु।”

शर्माले विश्वभरका गैरआवासीय अभियन्ताहरूबाट प्राप्त भएको सुझावको आधारमा नेतृत्वमा अगाडि बढ्ने तयारी गरेका छन । विश्वभरका अभियन्ताले शर्मालाई अगाडि बढ्न सल्लाह र सुझाव दिएका छन् । अस्ट्रेलिया एनआरएनए एनसीसीहरुमा सबैभन्दा बढी पञ्जीकृत सदस्य भएको देश हो ।

यस आधारले अस्ट्रेलियाबाट अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचनमा सबैभन्दा बढी मतदाता हुने छन । जापान भ्रमणपछि शर्मा नेपाल पुगेर विदेशमा नेपालीहरूले भोग्नुपरेको समस्याको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’,नेपाल सरकारका मन्त्रीहरू तथा उच्च सरकारी अधिकारीलाई भेटेर विदेशमा पासपोर्ट नवीकरणलगाएतका नेपालीहरुले भोग्नुपरेको समस्याको सहजीकरण गर्न अनुरोध गरेका थिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित