एनआरएनए यूकेले पठायो आइसीसी अधिवेशन डेलिगेटको नामावली

लन्डन। एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) को आसन्न ११ औं अधिवेशनमा बेलायतबाट भाग लिने डेलिगेट (प्रतिनिधि) को नामावली पठाइएको छ।

नामावली पठाउनका लागि तोकिएको विहीबार मध्यरातसम्मको समयसीमाभित्रै एनआरएनए यूकेले डेलिगेट सूची आइसीसी सचिवालय पठाएको हो ।

एनआरएनए यूके महासचिव गोविन्द शर्मा खरेलका अनुसार आइसीसी अधिवेशनका लागि बेलायतको कोटामा परेका १ सय ५७ जना प्रतिनिधिको नाम सिफारिश गरिएको हो ।

यसबाहेक आइसीसीका विभिन्न जिम्मेवारीमा रहेर स्वत: प्रतिनिधिमा पर्ने बेलायतका २२ जना छन्।

आइसीसीले तोकेको मापदण्डअनुसार ९० प्रतिशतको क्याटेगोरीमा परेका १ सय ४१ तथा  विभिन्न संस्थाका प्रमुख र समुदाय अगुवासमेतलाई समेटेर डेलिगेट सूची तयार गरिएको महासचिव खरेलले जनाए।

एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङले आइसीसीले तोकेको मापदण्डअनुरुप प्रतिनिधि चयन गरिएको बताएका छन्। एनसीसीले चयन गर्न सक्ने १० प्रतिशतको कोटामा समुदायको प्रतिनिधित्व हुने गरी प्रतिनिधि सिफारिश गरिएको उनको भनाइ छ ।

एनआरएनए आइसीसीको ११औं अधिवेशन आगामी अक्टोबर १७ र १८ मा काठमाडौँमा हुँदैछ। अधिवेशनमार्फत् नयाँ नेतृत्व चुन्न यसपटक डेलिगेटहरुले अनलाइनबाटै मतदान गर्न सक्नेछन्।

विगतमा एनआरएनए यूकेका डेलिगेटहरुको सूची सार्वजनिक नगरी गोप्य राख्ने गरिएकोमा वर्तमान कार्यसमितिले भने आइसीसीमा पठाएलगत्तै नामावली सार्वजनिक गरेको छ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित