लन्डन। लन्डनको केम्पटन पार्क रेसकोर्समा आइतबार सम्पन्न नेपाली मेलामा करिब सात हजारको उपस्स्थिति रह्यो । तमुधिं यूकेले नेपाली दूतावास लन्डनको सहकार्यमा आयोजना गरेको नेपाली मेलामा यसपटक कोभिड १९ पछिकै सबैभन्दा बढी सहभागिता भएको आयोजकको दावी छ ।
‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नाराका साथ आयोजना गरिएको नेपाली मेलामा दुई दर्जन बढी संघसंस्थाहरुले आ-आफ्ना मौलिक परम्परा झल्किने खालका झाँकी तथा नृत्य प्रस्तुत गरेका थिए । यसका साथै नेपाली व्यापार
व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले मेलामा नेपाली खाना, हस्तकला, पोशाक, गरगहना र खाद्य सामाग्री जस्ता विभिन्न नेपाली उत्पादनसहितको करिब तीन दर्जन विक्री स्टलहरु राखिएका थिए ।
नौमती बाजालगायत ढोलक, डम्फु, झ्याम्टा, मादललगायतका नेपालमा लोप हुँदै गएका विभिन्न प्रकारका परम्परागत बाजागाजाको गुन्जन र नेपाली परम्परागत पोशाकमा नाचगान गर्नेको भिडले मिनी नेपालको झजल्को महशुस हुन्थ्यो ।
नेपालबाट बेलायत आएका दर्जनौं नेपाली कलाकार, पत्रकार तथा पर्यटकहरु मेलामा नेपालको झल्को मेटाएको भन्दै हर्षित देखिन्थे ।
बेलायतस्थित नेपाली संघसंस्थाबीचको सम्बन्ध प्रगाढ बनाउन, आपसमा कला संस्कृतिको परिचय र युवा पुस्तामा नेपाली भाषा एवं कला संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले सन् २००९ देखि सुरु गरिएको नेपाली मेला १४औं संस्करणमा पुगिसकेको छ ।
तमुधिं यूके अध्यक्ष हरि गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य थिए।
सो अवसरमा सांसद खामवीर गर्बुजा
काउन्टी तथा बरोका मेयर तथा का
अतिथिको सहभागिता रह्यो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले विदेशमा रहेर पनि नेपालीहरु आफ्नो पहिचान, संस्कृति र परम्परालाई बिर्सिन सक्दैनन भन्ने सन्देश मेलाले दिएको बताए । नेपाली संस्कृति, कला, भेषभूषा र परम्परालाई प्रवद्र्धन गर्दै आपसी सद्भाव र भाइचारा बढाउनसमेत मेलाले योगदान गरेकोमा उनले प्रशंसा गरे।
तमुधिं यूके अध्यक्ष हरि गुरुङले बेलायतस्थित सबै नेपालीबीचको सद्भाव बढाउने र नयाँ पुस्तालाई नेपाली संस्कृतिसंग नजिक गराउने मेलाको प्रमुख लक्ष्य रहेको उल्लेख गरे।
मेलामा सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुतितर्फ सर्वोत्कृष्ट बन्दै किरात राई यायोख्या यूकेले ११ सय पाउण्ड नगदसहित एम्बासडर कप जित्यो । विजेता संस्थालाई तीन सय पाउण्ड नगदसहित एनआरएनए कप पनि प्रदान गरियो ।
त्यस्तै, दोस्रो र तेस्रो स्था
नगदसहितका पुरस्कार प्राप्त गरे
झाँकीतर्फ किरात राई यायोख्याले प्रथम, पासा पुचः गुथिले दोस्रो र घान्द्रुक समाज यूकेले तेस्रो स्थान हासिल गरे । नृत्यतर्फ घान्द्रुक समाज यूके प्रथम र किरात राई यायोख्खा दोस्रो भए। दुवै विधामा पहिलो हुनेले सात सय, दोस्रोले पाँच सय र तेस्रो
मेलामा यसपटक शुरु गरिएको दुई 
निर्णायकको भूमिका साहित्यकार एकेन्द्र गुरुङको संयोजकत्वमा संगीतकार विक्रम गुरुङ, कलाकार माओत्से गुरुङ, ताराबहादुर गुरुङ, चन्द्र कोई राई, कोरियोग्राफर कविता घर्तीमगर गुरुङ, नृत्यकार बालकाशी गुरुङ र नायिका रजनी गुरुङले निर्वाह गरेका थिए।






