लण्डन । गैरआासीय नेपाली संघ (एनआरएनए) को महासचिवमा बेल्जियम निवासी गंगाधर गौतमले उम्मेदवारी दिने घोषणा गरेका छन् । आफ्नो जन्मदिनको अवसर पारेर गौतमले बिहीबार उम्मेदवारीको घोषणा गरेका हुन् ।
संघको केन्द्रीय सचिवसमेत रहेका गौतम विगत दुई दशकदेखि बेल्जियममा बस्दै आएका छन् । एनआरएनए बेल्जियमको पूर्वअध्यक्ष भइसकेका गौतमले अक्टोवर महिनामा हुने ११ औं महाधिवेसनमा आफ्नो उम्मेद्वारी दिने बताएका हुन् ।
गैरआासीय नेपाली संघको विधान समितिमा बसेर सर्वसम्मतको वातावरण बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । संघको स्थापनाकालदेखि सकृय गौतमले संघको विभिन्न निकायमा रहेर काम गरेका छन् ।
जनसम्पर्क समिति बेल्जियमको पूर्व सभापति समेत रहेका गौतम विद्यार्थी राजनीतिमा समेत सकृय थिए ।






