लेगोस, नाइजेरिया । गैरआवासीय नेपाली संघ नाइजेरियाको नवौ बार्षिक साधारणसभा सम्छपन्न भएको छ । नाइजेरियाको लेगोसमा सम्पन्न साधारणसभाले सोमेश अर्याललाई अध्यक्ष र विश्वास पौडेललाई आइसीसी सदस्यमा सर्वसम्मतले चयन गरेको छ ।
त्यसैगरी उपाध्यक्षमा उर्मिला रोका, अभिषेकमान सिंह, शंकर वर्मा र अन्जु खरेल ( महिला उपाध्यक्ष ), महासचिवमा भरत रिजाल, सचिवमा तुलसीराम भण्डारी, कोषाध्यक्षमा खुश्बु घिमिरे, युवा संयोजकमा विष्णु गिरी, महिला संयोजकमा निक्की गुप्ता र प्रवक्तामा कृष्ण गिरी चयन भएका छन् ।
सदस्यमा मधु गुरु , मन्टुराम चौधरी, वीरेन्द्र बस्नेत र भीम थापा निर्वाचित भएका छन्। यसैगरी संघको प्रमुख संरक्षकमा हिक्मत थापा र सल्लाहकारहरूमा सञ्जीव क्षेत्री, चिरञ्जीवी रोका, विदुर घिमिरे, वीरेन्द्र गुप्ता र मन थापालाई साधारणसभाले मनोनयन गरेको छ । ।
संघका अन्तर्राष्ट्रिय समितिका पूर्व कोषाध्यक्ष हिक्मत थापा प्रमुख अतिथी रहेको साधारणसभामा पूर्व अध्यक्ष संजिव क्षेत्रीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संघका अध्यक्ष विरेन्द्र गुप्ताको सभापतित्वमा संचालन भएको सभाको संचालन विश्वाश पौडेलले गरेका थिए ।
साधारणसभाले एनआरएनएको ब्लड बस परियोजना अन्तर्गत पूर्वान्चल ब्लड बस परियोजनालाई रु एक लाख सहयोग पठाउने समेत निर्णय गरेको छ ।







