एनआरएनए यूकेमा ‘फेस भेरिफिकेशन’ प्रक्रियाद्वारा मतदान हुँदै

लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अनलाइन मतदान सुरु भएको छ । आज शनिबार बिहान ६ बजे सुरु भएको अनलाइन मतदान राती मध्यरातसम्म खुला रहनेछ।

आगामी दुई वर्षे नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको मतदानमा ४ हजार १ सय ८३ सदस्य मतदाता रहेका छन् ।

एनआरएनए यूकेमा पहिलोपटक क्यामेराको सहायतामा फेस भेरिफिकेसन प्रविधिको प्रयोग गरि  मतदान गराइएको हो ।

सन् २०२३-२५ को कार्यकालका लागि कार्यसमितिका अधिकांश पद निर्विरोध भएपनि अध्यक्ष, दुई उपाध्यक्ष, उपाध्यक्ष (स्कटल्याण्ड), महासचिव, सहकोषाध्यक्ष, युवा संयोजक र चार आइसीसी सदस्य पदमा भने निर्वाचन हुन लागेको छ । त्यस्तै, इंग्ल्यान्ड र स्कटल्याण्डमा राज्य समन्वय परिषदको अध्यक्ष पदमा पनि मतदान भइरहेको छ ।

एनआरएनए यूकेको अध्यक्षमा दिनेश घिमिरे, डा. नारायण कंडेल र हित काजी गुरुङबीच प्रतिस्पर्धा छ ।

अनलाइन मतदान गराउने कम्पनी ‘भेरो’ले मतदान प्रक्रियाको जिम्मा लिएको र मतदान सम्पन्न भएको  तीन घण्टाभित्र नतिजा उपलब्ध गराउने बताएको छ ।

भोलि आइतबार लन्डनस्थित  ह्यारोमा नवनिर्वाचित कार्यसमितिको शपथग्रहण कार्यक्रम राखिएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित