‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार २०२३’ का लागि कृति पठाउन आह्वान

काठमाडौँ – गैरआवासीय नेपाली संघले ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार २०२३’ का लागि वि.सं. २०७९ मा प्रकाशित गैरआवासीय नेपाली लेखकहरुका कृति पठाउन आह्वान गरेको छ।

संघले नेपालमा उपलब्ध हुन सक्ने पुस्तक गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय सचिवालय, सूवर्ण शमशेर मार्ग, बालुवाटार, काठमाडौं (सम्पर्क व्यक्ति: अनिल ढुंगाना, मोबाइल नं- 9849046144) मा पठाउन/बुझाउन आग्रह गरेको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत भाषा, साहित्य, संस्कृति तथा सम्पदा संवर्द्धन समितिले प्रदान गर्ने वि सं २०७७ को पहिलो अरनिको अन्तर्राष्ट्रिय पुरस्कार पुरस्कार साहित्यकार हरि अधिकारीलाई उनको पुस्तक ‘संकलित गद्य रचना’ का लागि प्रदान गरिएको थियो।

शताब्दी पुरुष सत्यमोहन जोशीले उक्त पुरस्कार प्रदान गरेका थिए।

वि सं २०७८ को अरनिको पुरस्कार चीनको बेइजिङमा बसेर पत्रकारिता गरिरहेका चेतनाथ आचार्यको उपन्यास ‘रुइबा’लाई प्रदान गरिएको छ ।

गत बैशाखमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उक्त पुरस्कार आचार्यलाई प्रदान गरेका थिए।

यो पुरस्कारको राशी २ लाख रुपैयाँ नगद छ। त्यस्तै सम्मानपत्र पनि प्रदान गरिन्छ ।

संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा संवर्द्धन समितिका संयोजक हिक्मत थापाले एनआरएनएले देशमा लगानी र आर्थिक अवसरमात्रै भित्र्याउने नभएर बाहिरी विश्वमा फैलिएको नेपाली भाषा–साहित्यमा उत्प्रेरकको कामसमेत गरि रहेको बताए।

उनले नेपाल बाहिर बसेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको श्री वृद्धिमा योगदान पुरै रहेका श्रस्टाहरुको सम्मान गर्न पहिलो गैर आवासीय नेपाली ठानिएका कलाकार अरनिकोको नाममा संघले उक्त पुरस्कार स्थापना गरेको पनि बताए।

उक्त पुरस्कारका लागि आफ्नो कृति यही अगष्ट महिनाको अन्तिम सम्ममा पठाइ सक्न पनि संघले आग्रह गरेको छ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित