नेपालको विद्युतीय राहदानी ६६ पृष्ठमा मात्रै जारी हुने,३४ पृष्‍ठको आवेदन रद्ध

लन्डन । नेपालले ३४ पृष्‍ठको विद्युतीय राहदानी हाललाई जारी नगर्ने भएको छ । अबदेखि सबै राहदानी ६६ पृष्‍ठमा जारी हुने भएका छन्।

लन्डनस्थित नेपाली दूतावासले सोमबार एक जरूरी सूचना जारी गर्दै ३४ पृष्‍ठको विद्युतीय राहदानीका लागि आवेदन रद्ध गरिएको जनाएको छ।

राहदानी विभागबाट हाल ६६ पृष्‍ठको राहदानी मात्रै जारी भइरहेको सूचनामा उल्लेख छ ।

सोअनुसार अब विद्युतीय राहदानी लिंदा अनिवार्य रुपमा ६६ पृष्‍ठका लागि आवेदन गर्न आग्रह गरिएको छ ।

यसैबीच, ३४ पृष्‍ठको राहदानीका लागि आवेदन गरिसकेका आवेदकहरुले पनि अब ६६ पृष्‍ठकै राहदानी पाउने भएका छन् । उनीहरुको ३४ पृष्‍ठको आवेदन रद्ध भएको र सोही आवेदनलाई ६६ पृष्‍ठको लागि ‘ट्रान्सफर’ गर्ने कार्य दूतावासले गरिरहेको जनाइएको छ ।

पहिले नै आवेदन दिएकाहरुले अब कुनै थप शुल्क वा कागजात बुझाउन पर्नेछैन भने ती आवेदनहरुलाई ३४ पृष्‍ठबाट ६६ पृष्‍ठमा ट्रान्सफर गर्ने प्रक्रिया दूतावास आफैले मिलाउने भएको छ।

३४ पृष्‍ठको आवेदन दिइसकेका आवेदकहरुलाई आवेदन रद्ध भएको भन्दै स्वत: सन्देश आएको भएपनि उनीहरुले तत्काल केही गर्नु नपर्ने पनि दूतावासले स्पष्ट पारेको छ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित