एनआरएनए यूकेको अध्यक्ष पदमा उम्मेदवार ४ जना

लन्डन । सुनिलबाबु खड्का अध्यक्ष रहेको एनआरएनए यूकेको आगामी नेतृत्वका लागि अध्यक्षमा चार जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन समितिका सदस्य विपिन निरौलाका अनुसार वर्तमान उपाध्यक्ष नारायण कँडेल, तमुधिँ यूकेका निवर्तमान अध्यक्ष हितकाजी गुरुङ, एनआरएनए इङ्ल्याण्ड राज्य समितिका संयोजक लालबहादुर (एलबीजेड) गुरुङ र एनआरएनए आइसिसी सदस्य दिनेश घिमिरेको अध्यक्षमा उम्मेदवारी परेको हो ।

मनोनयन दर्ताका लागि शनिबार दिउँसो ३ बजेसम्म समयसीमा थियो ।

दुई जना उपाध्यक्षका लागि कर्मा पहाडी शेर्पा, ज्ञानेन्द्र आलेमगर, अमन (हान्सन) गौचन, सुरेश परियार, रविन्द्र कंडेल र लिलाराम निउरे गरि ६ जनाको उम्मेदवारी परेको छ ।

महिला उपाध्यक्षमा भने सपना खनिया निर्विरोध निर्वाचित भएकी छन् ।

महासचिवमा एक पदका लागि वर्तमान उपाध्यक्ष गोविन्द खरेल र बालकृष्ण भुषालको उम्मेदवारी परेको निर्वाचन समिति श्रोतले जनाएको छ ।

कोषाध्यक्षमा विष्णु खरेल निर्विरोध निर्वाचित भएका छन् । दुई सचिवका लागि तिलक भट्टराई र सरोज थापा एवं महिला सचिवमा प्रतिभा न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।

सह-कोषाध्यक्षमा एक पदका लागि हेमकुमार गुरुङ र सुमन शर्माको उम्मेदवारी परेको छ । युवा संयोजकमा एक पदका लागि वीरेन्द्र नेपाल र सुजित शाहीले उम्मेदवारी दिएका छन् । महिला संयोजकमा भने रोजिना गुरुङ निर्विरोध भएकी छन् ।

४ जना आइसीसी सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको छ जसमा अध्यक्ष सुनिलबाबु खड्का, उपाध्यक्ष मोहन कार्की, पूर्व स्वास्थ्य विभाग प्रमुख डा. सुनिलकुमार शाह, चन्द्रबहादुर गुरुङ, सचिव विष्णु चालिसे र दिलरास गुरुङ छन् ।

निर्वाचन समितिले उम्मेदवारहरुको पूर्ण विवरण छिट्टै प्रकाशन गर्ने जनाएको छ । एनआरएनए यूकेको निर्वाचन आउंदो २२ जुलाईमा तय छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित