चार हजार बढीले लिए एनआरएनए यूके सदस्यता

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेमा चार हजार बढीले सदस्यता लिएका छन् ।

सदस्यताका लागि निर्धारित शुक्रबार मध्यरातसम्मको समयसीमामा आवेदन दिने चार हजार १ सय ३५ जनाको सदस्यता स्वीकृत भएको छ । सदस्यताका लागि जम्मा ४ हजार ४२२ जनाले आवेदन गरेपनि आवश्यक मापदण्ड पूरा नगरेका दुई सय ८७ जनाको आवेदन स्वीकृत हुन बांकी छ ।

गैर आवासीय नेपाली संघ यूके अध्यक्ष सुनिलबाबु खड्काले ‘पेन्डिङ’ मा रहेका आवेदकहरुलाई आवश्यक कागजात पेश गर्न तीन दिन समय दिइएको जनाए ।

‘चुनौति असंख्य थिए । वितृष्णा र संस्थाको वैधानिकता एवं आधिकारिकतामाथि नै प्रश्न भइरहेको बेला स्वतस्फूर्त यति सदस्य बन्नुलाई मैले सफलता ठानेको छु’, संस्थाले पुनर्जीवन पाएको छ’, खड्काले भने ।

अघिल्लो पटकभन्दा सदस्य संख्या आधा भन्दा कम भएपनि यसपटक वास्तविक सदस्य बनेको खड्काले बताए । ‘पहिला पहिला मेम्बरसीप बोरामा बोकर ल्याउने चलन थियो । यसपटक बेलायतवासीले ‘फेस भेरिफिकेसन’ गरेर आफैंले सदस्य बन्ने तत्परता देखाउनुभयो । हामी युरोपको सबैभन्दा बढी सदस्य भएको राष्ट्रिय समिति बनेकामा गर्व छ’, उनले भने ।

एनआरएनए यूकेमा पहिलोपटक स्मार्ट एनआरएनए एपमार्फत् ‘फेस भेरिफिकेसन्’ विधि प्रयोग गरेर सदस्यता वितरण गरिएको हो।

अध्यक्ष खड्काले सदस्यता लिने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्। स्वीकृत सदस्यहरु आगामी जुलाई २२ मा हुने एनआरएनए यूके निर्वाचनमा मत दिन योग्य हुनेछन् ।

‘फेस भेरिफिकेसन्’ विधिको परिक्षण सफल भएको भन्दै अध्यक्ष खड्काले यसअघि सदस्यता वितरणका क्रममा हुने गरेका समस्या र विकृतिहरु अब नरहने दाबी गरेका छन् ।

एनआरएनए यूकेको आउंदो २२ जुलाईमा अनलाइन मतदान तयारी छ । संघको आगामी कार्यकालको अध्यक्षमा हालसम्म हितकाजी गुरुङ र एलबिजेड गुरुङले घोषणासभा गरेरै उम्मेद्वारी घोषणा गरिसकेका छन् भने दिनेश घिमिरे, नारायण कंडेल र हान्सन गौचनले पनि अध्यक्षमा आफ्नो आकांक्षा प्रस्तुत गरेका छन्।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित