एनआरएनए यूकेको नयाँ नेतृत्वका लागि जुलाई १ मा उम्मेदवारी दर्ता

लन्डन । गैर आवासीय नेपाली संघ यूकेको नयाँ नेतृत्व चयनका लागि जुलाई १ तारिख उम्मेदवारी दर्ताको समय तोकिएको छ । उम्मेद्वारी दर्ता बिहान ९ देखि दिउसो ३ बजेसम्म अनलाइनमार्फत गर्नुपर्ने निर्वाचन समितिले जनाएको छ ।

२३ जुनमा सार्वजनिक गरिएको मतदाता सूची अनुसार एनआरएनए यूकेको नयाँ नेतृत्व चयनका लागि ४ हजार १ सय ८३ जना सदस्यले मतदानमा भाग लिन पाउने छन् । अन्तिम नामावली प्रकाशित भइसकेकाले अब उम्मेदवार मनोनयनको तयारीमा निर्वाचन समिति रहेको प्रमुख निर्वाचन आयुक्त चिरन्जिवी ढकालले जानकारी दिए ।

जुलाई २२ तारिख हुन लागेको निर्वाचनका लागि शनिबार जुलाई १ तारिख उम्मेदवारी दर्ताको समय तोकिएको छ । विहान ९ देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने प्रमुख निर्वाचन आयुक्त ढकालले बताए ।

उम्मेदवारको पहिलो नामावली जुलाई २ तारिख दिउँसो १ बजे प्रकाशित हुनेछ भने उम्मेदवारीमाथिको दावी विरोधका लागि सोही दिन साँझ ५ बजेसम्मको समय तोकिएको छ ।

निर्वाचन समितिले उम्मेदवारी फिर्ताको समय ४ जुलाई १ बजेसम्म तोकेको छ भने सोही दिन साँझा ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

मतदान भने जुलाई २२ मा विहान ००:०० देखि साँझ ६ बजेसम्मका लागि तोकिएको छ । मतदाताले अनलाइनमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

यसैगरी कार्यसमितिमा उम्मेदवार बन्नका लागि निर्वाचन समितिले शूल्क पनि तय गरिसकेको छ । अध्यक्षका लागि १५ सय पाउन्ड निर्धारण गरिएको छ भने उपाध्यक्ष र महासचिवका उम्मेदवारले ११ सय पाउन्ड तिर्नुपर्ने छ ।

यसैगरी सचिव, कोषाध्यक्ष र विभिन्न संयोजकहरुले ८५० पाउन्ड तिर्दा सह-कोषाध्यक्षको उम्मेदवार बन्नेले भने ८ सय पाउन्ड तिर्नुपर्ने छ । यस्तै सदस्य पदमा उम्मेदवार बन्नेले ४५० पाउन्ड तिर्नुपर्ने छ ।

ढकालको संयोजकत्वमा तमुधिं यूकेका अध्यक्ष हरि गुरुङ र एनआरएनए यूकेका संस्थापक सदस्य एवम् पत्रकार विपिन निरौला सदस्य रहेको निर्वाचन समिति चुनाव गराउन जुटेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित