लन्डन । नेपाली कला साहित्य मञ्च यूकेले गायक ‘गंगाराज राई एकल साँझ’ आयोजना गर्ने भएको छ । आगामी अक्टुबर ७ तारिख आश्फोर्ड केन्टस्थित शेन्ट साइमन हलमा कार्यक्रम गरिने भएको हो ।
गायक राईले आफ्नो सांगीतिक यात्राको दुई दशक पूरा गरेको अवसरमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रम थप आकर्षक बनाउन लाइभ ब्याण्डको टोली सहभागी हुने भएका छन् ।
यसैगरी कार्यक्रममा सगरमाथा गोर्खा नेपाली कम्युनिटी आश्फोर्ड र नेपाली कलाकार प्रस्तोता समाज बेलायतसँग सहकार्य गरिने आयोजकले बताएका छन्।
बेलायतमा बसेर नेपाली कला, साहित्य र विविध क्षेत्रमा रचनात्मक एवम् क्रियाशील व्यक्तिहरुको साझा चौतारीको रुपमा स्थापित ‘नेपाली कला साहित्य मञ्च यूके’ले गत फेब्रुअरीमा अभिनेता, निर्देशक तथा गीतकार निर शाहसँग ‘निर शाहसँग एक साँझ’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।
पूर्वि नेपालको माँझ किरात भोजपुर जिल्लामा जन्मिएका राई सन् २०१० देखि बेलायतमा बस्दै आएका छन् । उनी बेलायतमा मात्र नभएर विश्वभरका समकालीन गायक तथा संगीतकर्मीहरु साथै प्रशंसकमाझ लोकप्रिय छन् ।
निरन्तर नयाँ सिर्जनाहरु पस्कँदै, नवप्रतिभाहरुलाई प्रशिक्षित गर्दै अनि बेलायतमा बसोबासगर्ने नेपाली कलाकारहरुलाई संगठित पार्ने जस्ता कार्यहरुमा गायक गंगाराज राईको उल्लेखनीय योगदान र सक्रियता रहँदै आएकोछ ।
वि.सं २०६४ मा, रेडियो नेपालको आधुनिक गीत गायनमा स्वर परिक्षा पास गरेका राईले वि.सं २०५८ सालमा आफ्नै शब्द र संगीतमा ‘माया पायौ कि अरुलाई दियौ’ बोलको पहिलो गीत रेकर्ड गरे ।
‘कहाँबाट सुनाऊँ म’, ‘दिन छैन तिमीलाई नसम्झेको’, ‘यस्तो एउटा संसार खोज्न’, ‘हिजो थियौ तिमी मेरी’ आदि बोलका गीतहरुगायक राईका चर्चित गीतहरु अर्थात श्रोताहरुद्धारा सर्वाधिक रुचाईएका गीतहरु हुन् । उनका एक सय भन्दा बढि गीत रेकर्ड भैसकेका छन् ।
गैर नाफामूलक यस संस्थाले, सिर्जनशील क्षेत्रका सर्जक, रचनात्मक समिक्षक अनि आम प्रशंसकहरुविचको अन्तरक्रियात्मक सम्बन्धबाट नेपाली कला साहित्यमा निखारता ल्याउने सर्जकहरुलाई उत्प्रेरित गर्ने साथै उत्कृष्ट सर्जक र सिर्जनाहरुलाई प्रवर्धन गर्दै जाने संस्थाको उद्देश्यअनुरुप यस पटक गायक राईलाई छनौट गरिएको हो ।
कार्यक्रमको लाइभ (जीवन्त) बाद्यबादकहरुमा प्रसिद्ध संगीतकार गणेश गुरुङ (हार्मोनियम- किबोर्ड), महेश गुरुङ (तबला), थिर थापा (हार्मोनियम -किबोर्ड), ईन्द्र गुरुङ (बाँसुरी- सेक्सोफोन), रेसम पाचे (ढोलक-मादल), शुरज गुरुङ (लीड गितार), विकल थापा (रिदम गितार), होइशेर तामाङ (बास गितार) र प्रभास गुरुङ (ड्रम) रहेका छन् ।
कार्यक्रम संयोजक डा अनिल राईले कलाकारहरु राष्ट्रिय गहना भएको भन्दै ‘गंगाराज राई एकल साँझ’ सफल पारिदिन बेलायतवासी सबै नेपालीलाई आग्रह गरेका छन् ।
विज्ञप्ति जस्ताको तस्तै:






