लन्डन । बेलायतवासी नेपालीहरुलाई लक्षित गरि ‘एभेरेष्ट वार्डरोव’ कम्पनिले आफ्नो व्यवसाय सुरु गरेको छ । घरमा प्रयोग गरिने फिटेड इन्टेरियर फर्निचरसम्बन्धि सेवा प्रदान गर्ने उद्देश्यले नेपालीलगायत अन्य विभिन्न समुदायबीच सेवा प्रदान गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।
घरभित्रको सजावटको लागि आफ्नो चाहनाअनुरुपको डिजाइनमा तयार गरि कुनै पनि फर्निचरहरुको निशुल्क कोटेशन तथा डोर टु डोर मेजरमेन्ट सेवा उपलब्ध गराइनेछ । आफ्नो घर सबैले सुन्दर र आकर्षक बनाउन चाहन्छन्, जसको लागि घरभित्र प्रयोग गरिने सजावट र फर्निचरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने इन्टेरियर डिजाइनहरु बताउँछन् । 
आकर्षक फर्निसिङले मात्र घरलाई जीवन्त बनाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ । घर बनाउँदा कसरी किफायती र गुणस्तरीय फर्निचर छान्ने त ? फर्निचर किन्दा आफू ठगिएको छ कि छैन भनेर कसरी यकिन गर्ने ? कमसल काठ र असल गुणस्तरको फिटेट फर्निचर छुट्याउने मापदण्ड के–के हुन् ? घरको कुन ठाउँमा कस्तो दराज प्रयोग गर्दा खर्च पनि कम हुन्छ ?
यस्ता विविध प्रश्नहरुको समाधानको लागि बेलायतमा एभरेष्ट वार्डरोवले नेपाली समूदायलाई लक्षित गर्दै आर्कषक फर्निचरको सेवा तथा सुविधा सुरु गरेको छ ।
वार्डरोव कम्पनीले घरको लागि आवश्यक फर्निचर, फिटेट दराज, किचन निमार्ण तथा वितरणसम्बन्धि सर्वसुलभ तरिकाले काम गर्ने लक्ष्य लिएको छ । एभरेष्ट वार्डरोवले किचन, डाईनिङ, सिटिङ रुम, लफ्ट, घरको कुनाकाप्चामा खाली रहेको स्थानमा आकर्षक डिजाइनका फर्निचरहरु फिट गर्नेछ ।
महिलाहरुको लागि आवश्यक पर्ने आर्कषक ड्रेसिङ टेबललगायतका शृंगारसम्बन्धि विभिन्न फर्निचर निमार्ण गरि घरमै आएर फिट गर्नेछ । कम्पनीका अनुभवी डिजाइनरहरु घरमै आएर घर सुहाउँदो डिजाइनमा फिटेट दराज निर्माण गर्नेछन् । एभेरेष्ट वार्डरोव कम्पनी फर्निचर, भान्छा र घरका सामानहरूमा विशेषज्ञता राख्ने कम्पनी हो।






