लण्डनमा दुई दर्जन नेपालका राष्ट्रिय कलाकारहरुको जमघट

लन्डन । लण्डनमा आयोजना हुँदै गरेको नेपाली फिल्म महोत्सवमा सहभागी हुन करिब दुई दर्जन नेपाली कलाकारहरु बिहीबार साँझ लन्डनस्थित हिथ्रो विमानस्थलमा उत्रिएका छन् । नेपाली फिल्मलाई अन्तरराष्ट्रिय जगतमा चिनाउन थप सहयोग पुर्याउने उद्देश्यले ‘थर्ड आई’ को आयोजनामा बेलायतमा पहिलोपल्ट  ‘नेपाली फिल्म महोत्सवमा महोत्सव’ को आयोजना गरिएको हो ।

बेलायतमा आयोजना गर्न लागिएको उक्त महोत्सवमा नीर शाह, भुवन केसी, करिष्मा मानन्धर, स्वस्तिमा खड्का, आंचल शर्मा, रिमा विश्वकर्मा, विल्सन विक्रम राई, पुष्प खड्का, अनु शाह, कृष्टिना गुरुङ, दिनेश डिसी, सरु थापा, मिलन चाम्स, दिपासा बिसी, यश कुमार, विक्रम जोशी, कविता मानन्धर, विन्दु परियारलगायतका कलाकारहरु आएका हुन्।

कलाकारहरुलाई विमानस्थलमा आयोजक समूहका विकास देवकोटा, ओजेश सिंह र उमेशराज मोक्तानका साथै कलाकार सनम वैराग, एनआरएनए इंग्ल्यान्ड अध्यक्ष एलबीजेड गुरुङ, नेपाली चलचित्र कलाकार संघ यूकेकी अध्यक्ष रोमियन लिम्बू, शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका उपाध्यक्ष विक्रम भट्टराईलगायतले स्वागत गरेका थिए ।

‘नेपाली फिल्म महोत्सव’ गत शनिबारदेखि नै सुरु भइसकेको छ । लन्डन लेष्टर स्क्वायरको प्रिन्स चार्ल्स थिएटरमा प्रकाश फिल्म प्रदर्शन गरी शनिबार  महोत्सवको उद्घाटन गरिएको थियो।

दोस्रो दिन साउथ इष्ट लन्डनको वुलवीचमा फिल्म कैदीको पत्र, तेश्रो दिन स्कटल्याण्डमा चलचित्र झिंगे दाउ, चौंथो दिन नटिङहममा चलचित्र जीवन कांडा कि फूल देखाइयो भने आज शुक्रबार स्पेशल स्क्रिनिङका रुपमा लन्डनस्थित अल्डरसटमा प्रेम गीत ३ देखाइनेछ।

२५ फेब्रुअरी शनिबार अल्डरसटस्थित एम्पायर हलमा नेपालबाट आएका कलाकारहरुको विशेष ‘परफर्मेन्स’ सहित महोत्सव समापन गरिने योजना रहेको आयोजकमध्येका उमेशराज मोक्तानले जानकारी दिए । कार्यक्रममा सहभागी हुनको लागि सम्पूर्ण बेलायातवासीलाई आयोजकलगायत कलाकारहरुले आव्हान गरेका छन् । कार्यक्रम समापनपश्चात कलाकारहरुसंग डिनर नाइट समेत  गरिने छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित