बेलायतमा घरेलु हिँसामाथि थप कडाइ, एक वर्षमा २४ लाख घटना

लन्डन । बेलायतमा घरेलु हिंसालाई थप कडाइकासाथ निगरानी गर्दै यस्ता घटना राष्ट्रिय खतराको सूचीमा राखिने भएको छ । घरेलु हिंसाका अपराधलाई सहयोग गर्न सरकारले ८.४ मिलियन पाउण्ड लगानी गर्ने भएको छ ।

गएको एक वर्षमा मात्र इंग्ल्याण्ड र वेल्समा २४ लाखभन्दा बढी घरेलु हिँसा भएको बीबीसीले बताएको छ । जसअन्तर्गत पांचमध्ये एकजनाको घरेलु हिंसाका कारण हत्या भएको ‘होम अफिस’ को तथ्यांकले देखाएको छ ।

महिला तथा बालिकाविरुद्ध हुने हिंसा नियन्त्रण गर्न प्रहरी बललाई विशेष प्राथमिकता दिइने प्रधानमन्त्री ऋषि सुनकले आफ्नो योजनामार्फत घोषणा गरेका छन् ।

‘कुनै पनि महिला वा बालिकाले आफ्नो घर वा समुदायमा कहिल्यै असुरक्षित महसुस गर्न नपरोस् र यस्ता डरलाग्दो अपराधहरू हटाउन  म कटिबद्ध रहनेछु’, सुनकले भने ।

अपराधीलाई नियन्त्रण गर्न कडा व्यवस्था अपनाउने र दोषीहरुलाई न्यायको कठघरामा ल्याउने सरकारको पहलले यस्ता हिँसा रोक्न मद्दत पुग्नेछ । सबैभन्दा ठूलो प्रकृतिको घरेलु हिंसा गर्नेलाई आतंकवादको रुपमा सम्बोधन गरि इलेक्ट्रोनिक ट्याग लगाइने छ ।

थप दुर्व्यवहार गर्नेलाई हिँसा र यौन अपराधीको रुपमा दर्ता गरिने सरकारले बताएको छ । महिला र बालिकाविरुद्धको हिंसालाई बेलायतमा पहिलोपल्ट राष्ट्रिय खतराको सूचीमा वर्गीकृत गरिएको छ ।

यस्ता अपराधसंग सम्बन्धित व्यक्तिलाई कम्तिमा एक वर्षसम्मको कैदको पनि व्यवस्था हुनेछ । उक्त नयाँ व्यवस्था बेलायतका तीन क्षेत्रमा परीक्षण गरिनेछ, जसले दुर्व्यवहार गर्नेहरूलाई इलेक्ट्रोनिक ‘ट्याग’ लगाइने र व्यवहार परिवर्तन कार्यक्रमहरूमा सहभागी गराइनेछ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित