यती नेपाली एशोसिएसनमा इतिहाँसकै बढी सदस्य, पूरै कार्यसमिति निर्विरोध

लण्डन। बेलायतको पहिलो र युरोपकै पुरानो नेपाली संस्था यती नेपाली एशोसिएसन यूकेको नयाँ सदस्य संख्यामाक उल्लेखनीय वृद्धि भएको छ । यतीको इतिहासमै यसपटक सबैभन्दा बढी ६ सय बढीले सदस्यताका लागि आवेदन दिएका जनाइएको छ ।

सन् १९६० मा स्थापित यति नेपाली एशोसियसन यूकेको राष्ट्रिय महाधिवेसन गर्न गठित निर्वाचन समितिले सदस्यता सूची तयार गरेको हो।
निर्वाचन संयोजक उमेश मोक्तन,सदस्य सचिव आरके त्रिपाठी तथा निर्वाचन अधिकृत राजन खकुरालले यती एसोसिएसन युकेका अध्यक्ष ध्रुव केसीको रोहबरमा आजीवन सदस्य तथा साधारण सदस्यता सूची सार्वजनिक गरेका हुन्।

यति नेपाली एसोसिएसन यूकेको फेब्रुअरी ५ मा ह्रारो बरो फुटबल क्लवमा  हुने २९ औँ राष्ट्रिय अधिवेशनबाट नयाँ कार्यसमिति चयन हुनेछ।

यती नेपाली एशोसिएसन यूकेको पूरै कार्यसमिति निर्विरोध भएको छ। यही आइतबार लन्डनमा हुने २९ औं अधिवेशनमार्फत् निर्वाचित हुने नयाँ कार्यसमितिको अध्यक्षमा पिपला देवान निर्विरोध बनेकी छन्।

यसअघि अध्यक्ष पदमा उम्मेदवारी दिएका बाचस्पति रेग्मीले सहमतिका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएपछि देवान निर्विरोध बनेकी हुन्। अध्यक्षमा निर्विरोध पिपला देवान संस्थाकी पूर्व अध्यक्ष हुन्।

निर्वाचन समितिका अनुसार १७ सदस्यीय कार्यसमितिका सबै पदमा निर्विरोध भएको छ।

अन्य सबै पदमा एकल उम्मेद्वारी परेको थियो भने महासचिवमा दुई उम्मेद्वारी परेकोमा सिद्धार्थविक्रम भन्डारीले फिर्ता लिएपछि टंक भट्टराई निर्विरोध भए ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सूर्यकुमार नेम्वाङ, उपाध्यक्षमा हिमा कुमारी गुरुङ, उपमहासचिवमा आशिष पन्त र कोषाध्यक्षमा पुण्य रेग्मीको उम्मेदवारी निर्विरोध बनेको छ।

त्यस्तै, सामाजिक सचिवमा रमेश अर्याल, खेलकुद सचिवमा राज पाण्डे, साँस्कृतिक सचिवमा दीपक मैथाने मगर र प्रकाशन सचिवमा आशिष महर्जन निर्विरोध बने।

सदस्यहरुमा अशोक ढकाल, सागर शर्मा, भिम तामाङ, जेनिश गिरी, सुष्मा पौडेल, मीनाकुमारी प्रधान र मनिकला राई गुरुङ सर्वसम्मत बनेका छन्।

यतीको २९ औँ अधिवेशन लन्डनको ह्यारो फुटबल क्लबमा आइतबार हुँदैछ। सोही अवसरमा संस्थाको नयाँ कार्यसमिति घोषणा गरिने निर्वाचन समितिले जनाएको छ।

उमेशराज मोक्तान संयोजक रहेको समितिमा राजकुमार त्रिपाठी सदस्यसचिव तथा राजेन्द्र पुडासैनी, राजन खकुराल, शंकर दाहाल, विपिन निरौला र मिन बांनिया सदस्य छन्।

आजीवन सदस्य 

साधारण सदस्य 

 

 

 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित