‘मिसेस् नेपाल युनिभर्स २०२२’ प्रतियोगिताको उपाधि सन्नीलाई

लन्डन । बेलायतमा आइतबार साँझ सम्पन्न तेश्रो ‘मिसेस् नेपाल युनिभर्स २०२२’ प्रतियोगिताको उपाधि सन्नी शाहीले जितेकी छन् । शाहीले पब्लिक च्वाइस उपाधि समेत हात पारेकी हुन् । मिसेस् नेपाल युनिभर्स वीनर शाहीले बुल्गेरियामा हुने ४५ औं मिसेस् युनिभर्समा सहभागिता जनाउन पाउनेछिन् ।

शाहीलाई  कार्यक्रमकी प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल र आयोजक लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठ र सन् २०१८ की विजेता बिनु लामिछानेले ‘मिसेस् नेपाल युनिभर्स २०२२’ ताज पहिराइदिएका थिए ।

उक्त सौन्दर्य प्रतियोगितामा विमला बुढाथोकीले फष्ट रनर अप, रिना अधिकारी सेकेन्ड रनरअप, अन्जु बस्नेत र कविता खनाल थर्ड रनर अप  र निष्मा बनले फोर्थ रनर अपको उपाधि प्राप्त गरेका छन् ।

यसैगरी बिनिता बस्नेतले वेष्ट स्माइल सब टाइटिल र मिसेस एन्जल हार्टको  उपाधि प्राप्त गरिन् । सहभागीमध्येबाट वेष्ट कल्चरल ड्रेसमा हिना थापा, वेष्ट लर्नरमा प्रमिला केसी, वेष्ट पर्सनालिटीमा रिना अधिकारी, वेष्ट क्याटवाकमा श्रीजा डंगोल, मिसेस मोटिभेटरमा मिनु शाह, वेष्ट फिगरमा बिनिता अधिकारी खनाल, वेष्ट ब्युटीफुल फेसमा निष्मा बन, वेष्ट एक्टिङमा सविता श्रेष्ठ, वेष्ट कन्फिडेन्समा शोभा क्षेत्री, पब्लिक च्वाइसमा सन्नी शाही, मिसेस टयालेन्ट उपाधिमा विमला बुढाथोकी, ब्युटी फर चेन्जको उपाधि दुई प्रतियोगी अन्जु बस्नेत र कविता खनाल चयन भएका छन् ।

प्रतियोगीहरुको विभिन्न राउण्डलाई मूल्यांकन गरेर निर्णायक मण्डलले चयन गरेका थियो । ट्यालेन्ट राउण्ड भने अघिल्लो दिन नै सम्पन्न भएको थियो । उक्त दिन कल्चरल राउण्ड, सारी राउण्ड, गाउन र प्रश्न उत्तर राउण्ड, क्याटवाक लगायतका विषयमा सहभागी भएका थिए ।

प्रतियोगिताको निर्णायकमा विभिन्न क्षेत्रका व्यक्तिहरु स्वेता हुसेन, कन्चन डंगोल, दीपक थापा र कविता घर्तीमगर गुरुङ थिए । सो प्रतियोगितामा यसपटक  चौध जना विवाहित सुन्दरीले सहभागीता जनाए थिए भने प्रतियोगिताको कोरियोग्राफी सन्तोषीले गरेकी हुन् । 

लन्डन फेसन हाउसकी निर्देशक डंगोलले ब्युटी फर चेन्जको गुडवील एम्बासडर सुनिता श्रेष्ठलाई घोषित गर्दै उनलाई ताज पहिराइदिएकी थिइन् । कार्यम्मा सहभागिता जनाउने र सहयोग पुर्याउने सबैप्रति डंगोलले आभार प्रकट गरिन् । कार्यक्रमको लागि ठूलो मिहिनेत गरेको र यसलाई आगामी दिनमा अझ विस्तृत र परिस्कृत बनाउंदै लैजाने उनको धारणा छ ।

सुस्मिता थापाले सन्चालन गरेको उक्त कार्यक्रममा गायिका शर्मिला सांगीतिक प्रस्तुति दिएकी थिइन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित