न्यूयोर्कमा सुर सुधासंग अमेरिकी पनि रमाए

नेपालको लोकप्रिय सांगीतिक समूह सुर सुधाले आफ्नो सुमधुर संगीतमार्फत न्यूयोर्कवासीलाई मन्त्रमुग्ध पारेको छ ।

न्यूयोर्क उडसाइडस्थित धर्म हाउसमा १२ नोभेम्बर शनिबार आयोजित गाला डिनरसहितको सांगीतिक कार्यक्रममा सुर सुधाले प्रस्तुत गरेको मौलिक गीत संगीतमा नेपालीमात्र होइन्, अमेरिकी पनि रमाए ।

उक्त कार्यक्रममा सुर सुधाका संस्थापक सुरेन्द्र श्रेष्ठ (तबला), रमन महर्जन (बांसुरी), सरस्वती खत्री (गायन) र विकास सुनार (गीतार) ले विभिन्न गीत संगीत प्रस्तुत गरेका थिए । आफ्नो प्रस्तुतिका क्रममा सुर सुधाका संस्थापक श्रेष्ठले आयोजकप्रति धन्यवाद दिंदै दर्शकको माया, ताली र प्रशंसा नै आफूहरुको सम्पत्ति रहेको बताए ।

उनले दर्शककै मायाका कारण विगत ३० वर्षदेखि संगीत सृजना गर्ने अवसर प्राप्त भएको पनि उल्लेख गरे । उक्त कार्यक्रम बुद्ध ट्याक्स एण्ड अकाउण्टिङ, नमस्ते ग्रुप, रेभल इभेन्ट्स इंक र नवराज केसीको संयुक्त आयोजनामा भएको हो ।

कार्यक्रममा आयोजकका तर्फबाट पशुपति श्रेष्ठले सुर सुधाको सांगीतिक यात्राबारे बताए । त्यस्तै अन्य आयोजकहरु रेभल इभेन्ट्स इंककी इत्ना कार्कीले स्वागत र नवराज केसीले धन्यवाद मन्तव्य दिए ।

नेपाली अमेरिकन आर्टिष्ट एसोसिएसनकी उपाध्यक्ष समेत रहेकी इत्नाले नेपाली कला संस्कृतिलाई विदेशमा समेत जगेर्ना गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको प्रष्ट्याइन् ।

नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसीले नेपाल कला संस्कृतिको धनी देश भएको स्मरण गर्दै सुर सुधाको संगीत सुन्ने अवसर प्रदान गरेकामा आयोजकलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा न्यूयोर्क सिटी डेमोक्रेटिक नोमिनी स्टेभेन रेगासहित सयौं नेपाली तथा अमेरिकी सहभागी थिए । सो अवसरमा हांस्यकलाकार महादेव त्रिपाठीले पनि आफ्नो कलामार्फत दर्शक हंसाएका थिए ।

सुर सुधा समूह झण्डै तीन महिना लामो सांगीतिक टुरमा यतिखेर विभिन्न राज्यमा आफ्नो प्रस्तुति दिन व्यस्त छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित