प्रवासी नेपाली मञ्चमा नयाँ नेतृत्व, युरोप-यूकेबाट ६ जना

काठमाडौं । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनले संजय थापाको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

आइतबार ६ नोभेम्बर २०२२ अर्थात १९ कार्तिक २०७९ मा पार्क भिलेज रिसोर्ट बुढानीलकण्ठ, काठमाडौंमा सम्पन्न मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनले थापाको नेतृत्वमा कार्यसमिति चयन गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशनमा प्रवासबाट करिव ३ सय ५० जनाले सहभागिता जनाएका थिए । सर्वसम्मत रुपमा चयन भएका कमिटीमा एक जना पछि थप गरि कार्यसमितिलाई पूर्णता दिइनेछ ।

कार्यसमितिमा ५ जना अमेरिकाबाट, ६ जना युरोप-यूकेबाट, मध्यपूर्वबाट ७ जना, अष्ट्रेलिया ३ जना, पूर्व एसिया ४ जनालगायत भएको ओएनएफ यूके अध्यक्ष तुंग भद्र भुसालले जानकारी दिए ।

प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय कार्यसमिति निम्न छ:

अध्यक्ष- संजय थापा

उपाध्यक्ष- रमेश पाण्डे

सचिव- हेम शेर्पा

उपसचिव- कर्ण शाही

उपसचिव- चानक पोखरेल

सदस्यहरूः

शिव वरुवाल

राजेन्द्र पुडासैनी

गोविन्द पौडेल

सुरेन्द्र थपलिया

सरस्वती केसी

कल्पना त्रिपाठी

विमला भण्डारी

हेमराज जोसी

तिर्थ गौतम

ज्योती शर्मा

महेश गिरी

कमल मणी

वलराम गिरी

डा.विनोद श्रेष्ठ

शिशिर नेपाल

विजय फुयाल

सिता केसी

सुरेश केसी

डा. सरोज कणेल

सन्जु केसी

डुण्डीराज पाण्डे

कुन्ति थापा

जानकी कार्की

पुरुत्तोम वोहरा

राजेन्द्र सिवाकोटी

अधिवेशन सोमबार सकिनेछ । यसअघि भक्त गुरुङको अध्यक्षमा कार्यसमिति गठन भएको थियो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित