बागलुङ – १ मत सर्वेक्षणमा डा. सूर्य पाठकको अग्रता

नेकपा एमालेबाट बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवार डा. सूर्य पाठकको पक्षमा जनलहर देखिएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग मुख्य प्रतिस्पर्धामा रहेका पाठकको पक्षमा जनलहर देखिएको हो ।

दुबै उम्मेदवारले आफ्नो पक्षमा जनमत पार्न चुनावी घरदैलोदेखि अनेक कार्यक्रम गरिरहँदा पाठककै लोकप्रियता देखिएको छ । शिक्षित, जनतामा भिजेको र युवा उम्मेदवारका कारण उनको पक्षमा जनलहर देखिएको बताइएको छ ।

बागलुङका चियापसलदेखि मेलापातसम्म पाठक सही उम्मेदवार भएको भन्दै उनको पक्षमा चर्चा हुने गरेको अमलचौरका एक स्थानीयले बताए । यसैबीच एक सर्वेक्षणमा पाठकको पक्षमा जनमत देखिएको छ ।

‘रुटिन अफ बागलुङ बन्द’ नामको फेसबुक पेजमार्फत भएको सर्वेक्षणमा पाठक अगाडि देखिएका हुन् । ११ सय भन्दा बढी भोट हुँदा पाठकको पक्षमा ५९ प्रतिशत जनमत देखिएको छ भने केसीको पक्षमा मात्रै ४१ प्रतिशत मत आएको छ । यस सर्वेक्षणमा विभिन्न प्रतिक्रिया पनि आएका छन् ।

विद्यार्थी संगठनबाट एमालेको राजनीति सुरु गरेको पाठक स्पष्ट वक्ता र बौद्धिक नेताका रुपमा चिनिन्छन् । अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका उनले आफ्नो पहिलो कार्यकालमा पुरा हुन बाँकी काम गर्नका लागि पुनः उम्मेदवार बनेको र विकासको लहर ल्याउने पनि बताएका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित