लन्डन, गैर आवासीय नेपाली संघको अध्यक्ष्य पदमा पुन: शेष घले निर्वाचित भएकाछन । यहि १५ अक्टुबरका दिन काठमान्डौमा भएको निर्वाचनमा टेकबहादुर कार्कीलाई अत्यधिक मतले पराजित गर्दै दोस्रो कार्यकालका पनि घले निर्वाचित भएका हुन् । उक्त मतदानमा घलेले ८६७ मत पाएका थिए भने उनका निकट्तम प्रतिद्वन्दी कार्कीले २६६ मत पाएका थिए । तेस्तै गरि उपाध्यक्ष्य पदमा भवन भट्टले ५३८ मत ल्याएर विजयी भय भने कुमार पन्तले ५१२ मत ल्याएर निर्वाचित भएका छन् । माहासचिवमा बद्रि केसीले ५५५ मत ल्याएर निर्वाचित भएकाछन भने कोशाध्यक्ष्य्मा हिक्मत थापा २६४ मत ल्याएर निर्वाचित भए । भूकम्पका बेलामा घलेको गरेको योगदानको कदर नेपाल सरकार लगाएत सम्पूर्ण नेपालीहरुले पनि गरेकाछन भने गैर आवासीय नेपाली संघभित्र पनि दरो पकड रहेको कुरा यस निर्वाचनबाट पुन: सावित भएकोछ । सुन्नको लागि तल क्लिक गर्नुहोला ।