अरनिको अन्तरराष्ट्रिय  पुरस्कारका लागि एनआरएनए  लेखकलाई  आव्हान

गैरआवासीय नेपाली संघले यस वर्षको अरनिको अन्तरराष्ट्रिय पुरस्कारका लागि गैरआवासीय नेपाली लेखकहरुलाई कृति प्रेषित गर्न आव्हान गरेको छ। दुई लाख रुपैंया धनराशीको यो पुरस्कार प्रवासमा रहेका नेपालीभाषी लेखकहरुका वर्षभरि प्रकाशित कृति मध्ये उत्कृष्ट एक कृतिलाई प्रदान गरिनेछ।

पुरस्कार व्यवस्थापन समितिले जारी गरेको सूचना अनुसार, यस वर्ष विक्रम संवत २०७८ सालमा गैर आवासीय नेपाली लेखकहरुद्वारा प्रकाशित कृति मध्ये उत्कृष्ठ एकलाई पुरस्कृत गरिनेछ। पुरस्कारका लागि अगष्ट महिनाको अन्तिमसम्ममा तीन प्रति कृति समितिमा पठाउनु पर्नेछ।

प्राप्त कृति र व्यवस्थापन समितिले संकलन गरेका मध्ये उत्कृष्ठ एक कृतिको सेप्टेम्वर महिनामा छनौट गरी पुरस्कार घोषणा गरिनेछ र अक्टुबरमा यो पुरस्कार काठमाडौंमा प्रदान गरिनेछ। पुरस्कारका लागि नेपाली बाङ्गमयको जुनसुकै विधामा लेखिएका कृति पनि स्वीकार्य हुनेछ।

तर त्यस्तो कृति नेपाली भाषामा लेखिएको हुनुपर्नेछ। लेखकले काठमाडौंको बालुवाटारस्थित एनआरएनएको अन्तर्राष्ट्रिय सचिवालयमा आफ्नो कृति पेश गर्न सक्नेछन्। यसैगरी अमेरिका र युरोपमा पनि कृति संकलन गर्ने व्यवस्था मिलाइएको छ।

नेपाली भाषा,साहित्य , संस्कृति र सम्पदाको अन्तर्राष्ट्रीय रुपमा जगेर्ना र प्रवर्द्धन गर्ने र प्रवासमा रहेका नेपाली लेखकहरुलाई प्रोत्साहन र सम्मान प्रदान गर्ने उद्देश्यले एनआरएनएले यो पुरस्कार प्रदान गर्ने गरेको जारी सूचनामा उल्लेख छ।

गत वर्षदेखि प्रदान गर्न थालिएको यो पुरस्कार पहिलोपटक लेखक एवं समालोचक हरि अधिकारीको ‘हरि अधिकारीका संकलित गध रचना’लाई प्रदान गरिएको थियो। प्रथम गैरआवासीय नेपाली संस्कृति एब सम्पदाविद अरनिकोको सम्मानमा गैरआवासिय नेपाली सङ्घको भाषा , साहित्य , संस्कृति तथा सम्पदा समितिको पहलमा सन २०२१ मा यस पुरस्कारको स्थापना गरिएको समितिका संयोजक हिक्मत थापाले जानकारी दिएका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित