रीना थापाद्वारा अभिनित राजु परियारको ‘दमाईको छोरो’ बोलको म्यूजिक भिडियो सार्वजनिक

लन्डन । लाइभ दोहोरीमा निकै चर्चित भाका  “कत्ति राम्रो दमाईको छोरो” बोललाई भर्खरै मात्र म्यूजिक भिडियोको रुपमा सार्वजनिक  गरिएको छ । ‘दमाईको छोरो’ बोलको उक्त गीतलाई चर्चित  लोकदोहोरी गायक राजु परियार र टीका पुनले आवाज दिएका हुन् । यस गीतको लय शब्द झलक संगीतमको रहेको छ  ।

गीतको म्यूजिक भिडियोमा चर्चित मोडल रीना थापा मगरको अभिनय रहेको छ भने उनलाई सरद एलजी, जोहन पोखरेल र स्मृति सुनारले साथ दिएका छन् । विगत एक दशकदेखि म्यूजिक भिडियोमा व्यस्त रहँदै आएकी रीनाले दुई हजार भन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।

लाइभ दोहोरीमा निकै लोकप्रिय रहेको “कत्ति राम्रो दमाईको छोरो” भाकालाई लामो समयपछि अफिसियल गीतको रुपमा प्रस्तुत गरिएको छ, यस गीतले राम्रै सफलता प्राप्त गर्नेमा आशावादी छु’ हाल बेलायतमा रहेकी रीना थापाले भनिन् ।

समीर रामदमको निर्देशन तथा सम्पादनमा तयार भएको उक्त गीतको म्यूजिक भिडियोमा प्रकाश खड्काको छायांकन तथा अमर सुनारको कोरिओग्राफी रहेको छ ।

‘दमाईको छोरो’ गीतको म्यूजिक भिडियो हर्नुहोस्

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित