एसआइ यूके नेपालले ‘एजुकेशन फेयर २०२२’ को आयोजना गर्दै

काठमाडौं । एसआइ यूके नेपालले जुन ११ अर्थात जेष्ठ २८ गते होटल एभरेष्टमा दि लार्जेष्ट युके एजुकेशन फेयर २०२२ को आयोजना गर्ने भएको छ । आइतबार (आज) आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै एस आइ यूके नेपालले सो कुराको जानकारी गराएको हो ।

अन्तर्राष्ट्रिय शैक्षीक गन्तव्य र विश्वबिद्यालयका प्रतिनिधि माझ प्रत्यक्ष जानकारी गराउने उद्देश्यले एस आइ यूके नेपालले आफ्नो स्थापना काल देखिनै बेला–बेलामा यस्तो किसिमको शैक्षीक मेलाको आयोजना गर्दै आएको संस्थाका डिरेक्टर विनय अधिकारीले जानकारी गराए ।

फेयर मार्फत बिद्यार्थी र अभिभावकले ३० भन्दा बढी युकेका विश्वविद्यालय तथा शैक्षिक संस्थाको शैक्षिक शुल्क, कोर्सेस्, छात्रवृत्ति तथा अन्य सेवा सुविधाका बारेमा जानकारी पाउने एसआइ यूके नेपालका कन्टि मेनेजर अस्गर हुँसेनले बताए ।

फेयरमा उपस्थित हुने विद्यार्थी जसले फेयरमै विदेश अध्ययनको प्रक्रिया सुरु गर्दछ उनीहरुलाई निशुल्क आई इएलटि.एस., निशुल्क प्रोसेसिङ र गिफ्ट हाम्पर प्रदान गरिने संस्थाका सिनियर कन्सल्टेन्ट सुवास अधिकारीले जानकारी गराए ।

वैदेशिक अध्ययनमा जान चाहने सम्पूर्ण विद्यार्थी तथा उनका अभिभावकलाई मेलामा भाग लिई विश्वविद्यालयको हरेक पक्षका बारेमा प्रतिनिधि हरुसंग जानकारी लिई मौकाको फाइदा उठाउन एसआइ युके नेपालकी बान्च्र म्यानेजर सुस्मित शिवाकोटीले पत्रकार सम्मेलनमार्फत बताए ।

‘हाम्रो आएल्स पिटीई निकै नै उत्कृष्ठ छ, हामीले हाइटेक इन्भारोमेन्टमा पटक पटक मुग टेक्स्ट गराई विद्यार्थीको प्रतिस्पर्धी बढाउँदछौ’, एसआइ युके नेपालकी आएल्यस पिटीई, इन्स्टक्टर रुबा इमानले भने ।

‘फेयर निकै नै प्रभावकारी हुने र प्लस टु सकेका विद्यार्थीहरुलाई लक्षित गर्दै हामीले मार्केटिगं स्ट्जीटी अपनाएका छौ, यसै पत्रकार सम्मेलनमार्फत म सम्पुर्ण विद्यार्थी र अभिभावकलाई होटल एभेरेष्टमा हुन गइरहेको द लार्जेस्ट यूके एजुकेसन फेयरमा आउनको लागि आह्वान गर्दछु, मार्केटिगं म्यानेजर संगीता ओलीले भनिन् ।

फेयरमा ३ हजार ७५ जनाले एसआई यूके को वेभसाइट मार्फत रर्जीष्टेसन गरिसकेको बताउँदै हजारौ विद्यार्थीले सहभागिता जनाउने भएका छन् । डेढ दशक बेलायतमा बिताएक  विनय अधिकारीले शैक्षिक मेलामार्फत विद्यार्थी र अभिभावकहरुलाई बेलायती शैक्षीक प्रणाली, अवसर र नेपाली समुदायको विकासका बारेमा समेत जानकारी गराउने छन् ।

एसआइ यूके का कार्यालयहरु विश्वका ४० वटा देशमा संचालन छन भने उन्ननअस्सी ठाउँमा ग्लोबल अफिसमार्फत १५८ विश्वविद्यालयसँग आबद्ध भई विगत १६ वर्षदेखि सेवा प्रवाह गर्दै आइरहेको छ । स्मरण रहोसः विनय अधिकारी विश्वभरि रहेका गोरखा जिल्लाको तर्फबाट ग्लोवल गोरखा समाजको अध्यक्ष तथा गैर आवासीय नेपाली संघ ९एनआरएनए० को केन्द्रीय उपमहासचिव समेत हुन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित