नेपालमा आज भएको प्रधानमन्त्री पदको निर्वाचनमा के.पी. शर्मा ओलीले ३३८ ले मत ल्याएर विजयी भएकाछन् र उनि नेपालको ३८औं प्रधानमन्त्रि घोषणा भएकाछन् । वर्तमान प्रधानमन्त्री सुशील कोइरालाले २४९ मत प्राप्त पराजित भएका छन्। कांग्रेसबाहेक संसद्का अधिकांश दलले उनलाई समर्थन गरेका छन्। ओलीलाई एमाओवादी , राप्रपा नेपाल, राप्रपा, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) लगायत अधिकांश साना दलहरुले समर्थन गरेका छन्। उनलाई प्रधानमन्त्री हुनका लागि हाल कायम संसद्को कुल संख्या ५९७ मध्ये २९९ मत मात्रै आवश्यक थियो। तर उनले तीन सय मत प्राप्त गरेका छन्। कांग्रेसबाट उम्मेदवार बनेका सुशील कोइरालालाई कांग्रेसबाहेक संयुक्त मधेसी मोर्चाले मात्र मत दिएका छन् । २००८ फागुन ११ मा जन्मिएका ओली २०२२ सालदेखि कम्यूनिष्ट राजनीतिमा लागेका हुन् । २०२८ सालको झापा विद्रोहका नाइके ओली २०३२ सालमा राजकाज अभियोगमा १४ वर्ष जेल समेत बसेका छन् । २०४८ सालको संसदीय चुनावमा झापा – ६ बाट पहिलो पटक निर्वाचित ओली २०५१ सालमा एमालेको ९ महिने सरकारमा गृहमन्त्री भएका थिए भने उनले उपप्रधानमन्त्री र परराष्ट्रमन्त्रीको पद पनि सम्हालिसकेका छन् ।
केपी ओली नेपालको प्रधानमन्त्रीमा विजयी
केपी ओली नेपालको प्रधानमन्त्रीमा विजयी

तपाईको प्रतिक्रिया