लन्डन । बेलायातको मिडल्यान्डस्थित लेष्टर सहरमा नेपाली शैलीमा बेलायती महारानी एलिजावेथ द्वितीयको ‘प्लेटिनम जुब्ली’ मनाउने तयारी गरिएको छ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयले सत्ता सम्हालेको ७० औँ वर्ष पुगेको उपलक्ष्यमा बिहीबार लन्डनमा विविध कार्यक्रमको आयोजना गरिएको थियो ।
सात दशक सिंहासनमा बसेर नयाँ कीर्तिमान कायम गरेकी ९६ वर्षीय महारानीको उपस्थितिमा लन्डनमा एक ऐतिहासिक समारोह सम्पन्न भयो, जहाँ हजारौँ मानिसहरूको सहभागिता रह्यो । महारानीको ‘प्लेटिनम जुब्ली’ को अवसर पारेर नेपाली समुदायको तर्फबाट पनि एक विशेष कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक सिर्जनशिल लेष्टर नेपालका अध्यक्ष नारायण फुयाँलले जानकारी दिए ।
‘कार्यक्रममा सहभागिता हुन धेरैले उत्साह जनाएका छन्, ६ सय भन्दा बढी मानिसहरूको उपस्थिति हुने आशा गरेका छौँ’ फुयाँलले बताए ।
लन्डन सहरबाट करिब एक सय साठी किलोमिटरको दुरीमा रहेको लेष्टर सहरमा आयोजित सो कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, स्थानीय लेष्टरशायरका मेयर जर्ज कोल र सांसद क्लडिया वेब, एनआरएनए अध्यक्ष कुल आचार्य, बीबीसी मास्टर सेफ सन्तोष साह लगायतका विशिष्ट व्यक्तिहरूको सहभागिता रहनेछ ।
यही जुन ६ तारिख सोमबार साँझ लेष्टरको रामगर्हिया कम्युनिटी सेन्टरमा आयोजना हुन गइरहेको उक्त कार्यक्रममा नेपालका आधा दर्जन नेपालका राष्ट्रिय कलाकारहरुको उपस्थिति रहनेछ । आयोजकले दिएको जानकारी अनुसार वीरु लामा, कल्पना श्रीपाल, अस्मिता डल्लाकोटी, विशाल रायमाझी, तुल्सी क्षेत्री, कृष्ण अखेली, भूमिका शाह र शान्ता रानी परियारलगायत गायक गायिकाले सांगीतिक प्रस्तुति गर्नेछन् । साथमा मोडल रीना थापा मगरले पनि नृत्य देखाउनेछिन् ।
आधा दर्जन नेपालका राष्ट्रिय कलाकारहरुको जमघट
कोभिड महामारीपछि विदेश भ्रमणका शिलशिलामा हाल बेलायआएका विभिन्न कार्यक्रममा व्यस्त रहेका छन् । विगत दुई वर्षदेखि बेलायतस्थित नेपाली समाजका गतिविधिहरु प्राय ठप्प रहे ।बेलायती जनजीवन सामान्य बन्न थालेपछि पछिल्लो समयमा विभिन्न कार्यक्रमहरुको आयोजना हुन थालेको छ । नेपालका लोकदोहोरी कलाकारहरुको बाक्लो उपस्थिति रहेको हुँदा यतिखेर यहाँ दोहोरी साँझ पनि निकै मौलाएको छ ।
‘छैटौँ टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत ‘प्रतियोगिता २०७८’ को विजेता अस्मिता डल्लाकोटी पनि बेलायतमा उत्तिकै व्यस्त रहेको बताउछिन् ।यहाँका विभिन्न संघसंस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागिता जनाउने र स्वागत सम्मानमा उनको समय बितिरहेको छ ।
लोकदोहोरी क्षेत्रमा पछिल्लो समय उनी निकै लोकप्रिय बनेकी छिन् ।तेसो त उनी नेपालमा पनि निकै व्यस्त रहँदै आएकी छिन् । लेष्टरमा हुने महारानीको ‘प्लेटिनम जुब्ली’ को कार्यक्रममा सहभागी हुन निकै उत्साहित बन्दै सबैलाई निम्ता गरेकी छन् ।
यसैगरी एक दशक भन्दा बढी समयदेखि म्युजिक भिडियोमा व्यस्त रहँदै आएकी नेपालकी चर्चित मोडल रीना थापा मगर पनि अहिले निकै व्यस्त रहेको बताउछिन् ।नृत्यलाई पेशाको रुपमा मात्र नभई अध्ययनको विषय बनाएर अगाडी बढेकी रीनाले दुई हजारभन्दा बढी म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी छन् । लोकदोहोरी क्षेत्रमा लागेर आफ्नो देशको मौलिक संस्कृतिलाई दर्जनौं मुलुकहरुमा पुर्याउन पाउँदा गर्व लागेको उनी बताउछिन् ।
यसैगरी समाजसेवी तथा गायिका भूमिका शाह पनि महारानीको ‘प्लेटिनम जुब्ली’ मा जान आतुर छिन् । विविधः सांस्कृतिक कार्यक्रमका साथमा आफू लागाय अन्य थुप्रै कलाकारहरुको उपस्थिति रहने सो कार्यक्रममा उपस्थित हुन सबिलाई उनले आग्रह गरेकी छन् । नेपाली कला संस्कृतिलाई विदेशमा बस्ने नेपाली दाजुभाई तथा दिदीबहिनीमाँझ पस्कन पाउँदा आफूलाई गौरव महसुश भएको शाह बताउछिन् ।
चर्चित लोकदोहोरी गायिका शान्ता रानी परियार पनि अहिले बेलायतमा व्यस्त रहेकी छन् । उनका दर्जनौँ गीतहरु लोकप्रिय छन् । सञ्चारकर्मी समेत रहेकी परियार दोहोरीमा पनि उत्तिकै लोकप्रिय बन्न सफल भएकी छन् । एक दशकदेखि नेपाली लोक सांगीतिक क्षेत्रमा लागेकी उंको पन्चेबाजा गित ” शिरफुल शिरको” निकै रुचाइएका छन् ।
पछिल्लो समयमा सबैको जनजिब्रोमा बस्न सफल गीत ‘भिर्ने झोलामा’ बोलको गीतका गायक कृष्ण अखेली पनि तेत्तिकै व्यस्त छन्। ‘के ल्याईदिम कोसेली भिर्ने झोलामा’ भन्दै विभिन्न कार्यक्रममा उनको सहभागिता रहँदै आएको छ । पनि महारानीको ‘प्लेटिनम जुब्ली’ मा उनले पनि जोडदार प्रस्तुति दिने भएका छन् ।
तेस्तै ‘प्लेटिनम जुब्ली’ कार्यक्रममा अन्य चर्चित कलाकारहरु वीरु लामा, कल्पना श्रीपाल विशाल रायमाझी. तुल्सी क्षेत्रीलगायतको पनि प्रस्तुति रहनेछ ।
यतिबेला कार्यक्रमको तयारि तीव्र गतिमा भइरहेको छ । नेपाली तथा बेलायती दुवै समुदायका प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता रहने उक्त कार्यक्रममा विभिन्न सांस्कृतिक झांकीसमेत प्रस्तुत गरिने आयोजकले बताएका छन् ।
स्थानीय बेलायती समुदायसँग नेपाली समुदायको सम्बन्धमा हार्दिकता थप्ने र नेपाली कला, संस्कृतिको प्रवर्द्धनमा टेवा पुर्याउने उद्धेश्यले कार्यक्रमको सोच बनाइएको आयोजक सिर्जनशिल लेष्टर नेपालका अध्यक्ष नारायण फुँयालले बताएका छन्। समारोहमा मिडल्यान्डसंगै सिंगो बेलायतभरबाट सहभागिताको अपेक्षा गरिएको छ।