पत्रकार महासंघ युरोपले मनायो विश्व प्रेस स्वतन्त्रता दिवस

लण्डन । नेपाल पत्रकार महासंघ युरोप शाखाले विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ । महासंघका अध्यक्ष प्रेम परियारको अध्यक्षमा मंगलवार भरर्चुल मार्फत आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले अझै पनि विश्वभर पत्रकारहरुले ढुक्कासाथ पत्रकारिता गर्ने अवस्था नरहेको प्रतिचिन्ता व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका उपाध्यक्ष उदय जिमले नेपाल पत्रकार महासंघ सञ्चार अनुगमन इकाईले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले नेपालमा पत्रकारहरुको अवस्था गम्भिर देखाएको बताए । उनले यसवर्ष मात्र पत्रकारहरुको पेशागत सुरक्षाको अभाव जनाउँदै ३ सयभन्दा बढी उजुरीहरु आएको बताए ।

उनले प्रेस स्वतन्त्रता हननका ७५ वटा घटनाहरु देखिएको बताउदै आफ्नो पेशगत हक र अधिकारको लागि नेपाल पत्रकार महासंघले आवाज उठाउने प्रतिबद्धता जनाए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ यूकेका पूर्वअध्यक्ष चिरन शर्माले विदेशमा रहेर पत्रकारिता गरिरहेका नेपाली पत्रकारहरुको समेत सुरक्षामा चुनौती रहेको प्रति चिन्ता व्यक्त गरे ।

उनले विश्वभर छरिएर रहेका नेपालीहरुका समस्याहरुलाई नेपालसंग जोड्ने काम विदेशमा रहेका पत्रकारहरुले गरेको जिकीर गरे । शर्माले नेपालमा हुन गैरहेको स्थानीय निकायको निर्वाचनमा पत्रकारहरु आफ्नै उम्मेदवार हुने र पार्टीहरुको झण्डा बोकेर प्रचारप्रसारमा हिड्ने कार्यले पत्रकारिता पेशाकै मर्यादामा चुनौती थपिएको बताए ।

उनले नेपालमा गएको महाभुकम्प, कोरोना महामारी, रुस –युक्रेन युद्ध लगायतका ठूल्ठूला घट्नामा विदेशमा रहेका नेपाली पत्रकारहरुले सूचना संकलनमा खेलेको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए । शाखाका कार्यवाहक अध्यक्ष केजीन राईले विदेशमा बसेर पत्रकारिता गर्दा समुदायको हितमा हुनु पर्ने बताए ।

उनले समाचार देख्दा निश्पक्ष र स्वतन्त्र हुनु पर्नेमा जोड दिए । शाखका उपाध्यक्ष दिल निसानीमगरले नेपाल पत्रकार महासंघले पत्रकारहरुका साझा समस्याहरुलाई सम्बोधन गर्दै आएको प्रति प्रसन्नता प्रकट गरे । जुन अंग्रेजी महिनाको मे ३ को दिन विश्वव्यापी रुपमा हरेक बर्ष मनाइन्छ ।

सन् १९९३ डिसेम्बर १, को दिन युनिस्कोको साधारण सम्मेलनको सिफारिसपछि संयुक्त राष्ट्रमहासंघको साधारणसभामा विश्व प्रेस स्वतन्त्रता दिवस विण्डहोक घोषणा पारित भयो । त्यस बेलादेखि मे तेस्रो दिन विन्डहोकको घोषणपत्रको वार्षिकोत्सवको रुपमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइन्छ र मिडिया स्वतन्त्रता दिवस भनेर पनि चिनिन्छ । शाखाका सदस्यहरु समेत उपस्थिति रहेको कार्यक्रम संचालन पत्रकार दिनेश गौतमले गरेका थिए

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित