तीन अध्यक्षसहित एनआरएनएमा चुनियो नयाँ नेतृत्व

लन्डन। लामो विवाद र किचलोपछि अन्तत: गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयन भएको छ ।  आइतबार काठमाडौंमा सम्पन्न संघको १० औं विश्व सम्मेलनले डा  बद्री केसी, रविना थापा र कुल आचार्यलाई अध्यक्षमा निर्वाचित गरेको छ।

विभाजनको मुखमा पुगेको संस्थालाई एकताबद्ध गर्न भन्दै सर्वसम्मत रुपमा जम्बो कार्यसमिति चुनिएको छ।जसमा पदाधिकारी नै ७५ जना पुगेका छन् भने कार्यसमितिमा रहनेहरुको जम्मा संख्या २ सय बढी पुगेको छ।

घोषित कार्यसमितिका तीनै अध्यक्ष कार्यकारी रहने बताइएको छ । जसअनुसार कार्यसमितिको पहिलो बैठक तीनैजना अध्यक्षले अध्यक्षता गर्नेछन् भने त्यसपछि क्रमश: कुल आचार्य, रविना थापा र डा बद्री केसीले ६-६ महिना कार्यकारी भएर अध्यक्षता गर्नेछन् ।

नयाँ कार्यसमितिमा उपाध्यक्ष ११ जना बनेका छन्। जसमा भूषण घिमिरे, डिबी क्षेत्री, डा हेमराज शर्मा, धर्मराज अधिकारी, दुर्गा आचार्य, गोविन्द्र श्रेष्ठ, जय प्रकाश गुरुङ, महेश श्रेष्ठ, नारायण आचार्य, आरके शर्मा र नरेन्द्र भाट छन् ।

त्यस्तै  महिला उपाध्यक्षमा विष्णु माया परियार र याश्मिन बेगम तथा युवा उपाध्यक्षमा राज रेग्मी, रोशन थापा र हिमाल गुरुङ चयन भएका छन्। महासचिवमा गौरीराज जोशी र केशव पौडेल गरी दुई जना चुनिएका छन्।

त्यसैगरी, उपमहासचिवमा गणेश केसी, देवी बस्नेत, नारायण काफ्ले, ओम गुरुङ, रामशरण सिम्खडा र विनय अधिकारीसहित ६ जना तथा सचिवमा चिरञ्जिवी घिमिरे, गंगाधर गौतम, खगेन्द्र न्यौपाने, प्रवीण गुरुङ, शंकर खड्का, अभिमानसिंह बस्नेत, प्रमोद सिटौला, गोविन्द गौतम, होम पाण्डे र राजन त्रिपाठी गरी चयन भएका छन्। महिला सचिवमा डा अलिनी पोखरेल र टीका गुरुङ चुनिएका छन्।

तीन कोषाध्यक्षमा सुनिल शाह, लोक दाहाल र फणिन्द्र पन्त तथा आठ  सहकोषाध्यक्षमा कृष्ण तिमल्सिना, होम तिमल्सिना, दीपक शर्मा, लाल केसी, मिलन छन्त्याल, नारायण सुवेदी, टंक गैरे, यज्ञ सुवेदी चुनिएका छन्। महिला कोषाध्यक्षमा अमृता थापा, यमुना भट्टराई र योगिता थापा चयन भए।

युवा संयोजकमा अब्दिुल बसिद र रविन्द्र खड्का एवम् महिला संयोजकमा विमला सापकोटा र संगीता मरहठ्ठा चुनिए। दुई प्रवक्तामा सोम सापकोटा र शिव बरुवाललाई चयन गरिएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित