‘लिभिङ टुगेदर’बारे संसदीय समितिमा छलफल

पछिल्लो समय सहरी क्षेत्रमा लिभिङ टुगेदरमा बस्ने प्रचलन बढ्दो छ । लिभिङ टुगेदरको प्रचलन बढ्दै गर्दा विभिन्न समस्या पनि निम्तिन सक्ने भन्दै यसबारे स्पष्ट कानुन निर्माणबारे छलफल भएको छ ।  प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिमा सहभागीले लिभिङ टुगेदरबारे कानुनी व्यवस्था गर्न सुझाव दिएका छन् ।

बैठकमा नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले लिभिङ टुगेदरको प्रचलनमा  नेपालमा बढ्दै गएको भन्दै  त्यसले वैवाहिक तथा घरेलु कानुनहरूलाई प्रभावित बनाएको बताइन् । यसबाट कतिपय नकारात्मक घटना पनि  भएको उल्लेख गर्दै उनले भनिन्, ‘हामीसँग वैवाहिक कानुन छन् ।

घरेलु कानुनहरू छन् । त्यसलाई पनि यसले प्रभावित पारिरहेको छ । लिभिङ टुगेदरको बारेमा कस्तो अवस्थामा बस्न पाउने र कस्तो अवस्थामा बस्न नपाउने भन्ने सन्दर्भमा पनि यसलाई स्पष्ट रुपबाट कानुन बनाउन जरुरी छ ।’

लिभिङ टुगेदरको बारेमा सरकारले  एउटा स्पष्ट खाका कोरेर सदनमा छलफल गराउन आवश्यक रहेको उनको भनाइ छ ।  अर्की सांसद बिन्दा पाण्डेले लिभिङ टुगेदरबारे  प्रभावकारी कानुन निर्माण गर्नका लागि मूल नेतृत्वको मानसिकता नै परिवर्तन हुनुपर्ने बताइन् ।

अधिवक्ता मोहनलाल आचार्यले  लिभिङ टुगेदर अहिले निकै बढ्दै गएको देखिएको धारणा राखिन् । विवाहित पुरुषले नै पनि अविवाहित महिलालाई विवाह नै नभइ छुट्टै एउटा फ्ल्याट लिएर राख्ने धेरै उदाहरण रहेको बताउँदै उनले यस्ता समस्या समेट्न स्पष्ट ऐन बनाइए सहज हुने धारणा राखिन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित