कतार । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घले समूहले महाधिवेशन प्रतिनिधि विवाद मिलाउने निउमा मध्यपूर्वका अधिकांस देशका प्रतिनिधिको संख्या कटौती गर्ने तयारी गरे पछि विवाद उत्पन्न भएको छ ।
अध्यक्षका प्रत्यासी कुल आचार्यको इसारामा मध्यपूर्व लगायतका ६१ देशका ९ सय प्रतिनिधि कटौती गर्न लागे पछि मध्यपूर्वमा रहेका नेपालीहरुले पिएनओ (पिपल फरम नेपाली ओरजीन) नामको संस्था दर्ता गर्न खोजेको भन्दै आक्रोस पोखेका छन् ।
गैरआवासीय नेपाली संघका सल्लाहकार टिबी कार्कीले गैरआवासीय नेपाली संघको अभियानमा मध्यपूर्वका नेपालीहरुको योगदान अन्य क्षेत्रको भन्दा अझ बढी र मजबुद रहेको बताएका छन् ।
उनले संघको अभियानमा मध्यपूर्वका नेपालीहरुको रगत र पसिना परेको भन्दै बरु पिएनओ खेलेर बस मध्यपूर्वका नेपालीलाई दुःख नदेउ भनेका छन् । कार्कीले संघको विवाद मिलाउने नाममा ठूलो संख्यामा प्रतिनिधि कटौती गरेर मध्यपूर्वलाई दुःख दिने र चिडाउने काम बन्द गर्न आग्रह गरेका छन् ।
यसअघि संघका उपाध्यक्ष सोनाम लामाले एक कपोकल्पीत प्रतिवेदन संघको उच्चस्तरीय समितिमा १९ देशमा महाधिवेशन प्रतिनिधि शुन्य रहने प्रतिवेदन पेश गरेका थिए ।
सो प्रतिवेदनप्रति विश्वभर छरिएका राष्ट्रिय समितिहरुले आलोचना गरेका छन् । यसअघि संघका प्रवक्ता डिबी क्षेत्रीले मध्यपूर्वका श्रमिकहरुप्रति अपमान गर्न खोजिएको भन्दै आपत्ती प्रकट गरेका थिए ।