एनआरएनए अभियानमा मध्यपूर्वको योगदान भुल्न नहुने : सल्लाहकार कार्की

कतार । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घले समूहले महाधिवेशन प्रतिनिधि विवाद मिलाउने निउमा मध्यपूर्वका अधिकांस देशका प्रतिनिधिको संख्या कटौती गर्ने तयारी गरे पछि विवाद उत्पन्न भएको छ ।
अध्यक्षका प्रत्यासी कुल आचार्यको इसारामा मध्यपूर्व लगायतका ६१ देशका ९ सय प्रतिनिधि कटौती गर्न लागे पछि मध्यपूर्वमा रहेका नेपालीहरुले पिएनओ (पिपल फरम नेपाली ओरजीन) नामको संस्था दर्ता गर्न खोजेको भन्दै आक्रोस पोखेका छन् ।
गैरआवासीय नेपाली संघका सल्लाहकार टिबी कार्कीले गैरआवासीय नेपाली संघको अभियानमा मध्यपूर्वका नेपालीहरुको योगदान अन्य क्षेत्रको भन्दा अझ बढी र मजबुद रहेको बताएका छन् ।
उनले संघको अभियानमा मध्यपूर्वका नेपालीहरुको रगत र पसिना परेको भन्दै बरु पिएनओ खेलेर बस मध्यपूर्वका नेपालीलाई दुःख नदेउ भनेका छन् । कार्कीले संघको विवाद मिलाउने नाममा ठूलो संख्यामा प्रतिनिधि कटौती गरेर मध्यपूर्वलाई दुःख दिने र चिडाउने काम बन्द गर्न आग्रह गरेका छन् ।
यसअघि संघका उपाध्यक्ष सोनाम लामाले एक कपोकल्पीत प्रतिवेदन संघको उच्चस्तरीय समितिमा १९ देशमा महाधिवेशन प्रतिनिधि शुन्य रहने प्रतिवेदन पेश गरेका थिए ।
सो प्रतिवेदनप्रति विश्वभर छरिएका राष्ट्रिय समितिहरुले आलोचना गरेका छन् । यसअघि संघका प्रवक्ता डिबी क्षेत्रीले मध्यपूर्वका श्रमिकहरुप्रति अपमान गर्न खोजिएको भन्दै आपत्ती प्रकट गरेका थिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित