एनआरएनएन निर्वाचन : टिम बद्री केसीको भेला शनिवार

लण्डन । गैरआवासीय नेपाली संघको अध्यक्ष पदका लागि प्रत्यासी डा. बद्री केसीले शनिवा एक चुनावी सभाको आयोजना गर्ने भएका छन् ।

संघको निर्वाचन समितिले चुनावको कार्यतालिका सार्वजनिक गरे लगत्तै केसीले निर्वाचन प्रकृयाका बारेमा जानकारी दिने उदेश्यले भोलि (शनिवार) भर्रचुअल कार्यक्रम (ककस ८) को आयोजना गरेका हुन् ।

गैरआवासीय नेपाली संघको १० औं अन्तराष्ट्रीय महाधिवेशन तथा निर्वाचन बारे भै रहेका प्रगतिबारे जानकारी दिने तथा सुझाव संकलन गर्ने उदेश्यले भेलाको आयोजना गरिएको आयोजकले जनाएको छ ।

नेपाली समयनुसार ८ बजे जुम मार्फत सुरु हुने कार्यक्रममा सहभागी हुने केसीले आग्रह गरेका छन् । कार्यक्रममा गैरआवासीय नेपाली संघको आगामी निर्वाचनको लागि प्रत्यासी उम्मेदवारहरुले आआफ्नो भनाइहरु राख्ने छन् ।

संघको निर्वाचन २१ र २२ मार्चमा हुने कार्यतालिका सार्वजनिक गरिएको छ । संघको निर्वाचन समितिले पहिलो चरणको मतदाता मानावली प्रकाशन गरिसकेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित