प्रतिनिधि विवादका कारण मध्येपूर्वका श्रमिक माथि प्रहार

लण्डन । गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीले मध्येपूर्वमा रहेका श्रमिक माथि पटक पटक प्रहार भएको बताएका छन् । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेको संयोजकत्वमा रहेको महाधिवेशन प्रतिनिधि विवाद मिलाउन गठित समितिले मध्येपूर्वका देशमा ठूलो संख्यामा प्रतिनिधि कटौती गर्ने प्रस्ताव गरे पछि क्षेत्रीले असन्तुष्ट व्यक्त गरेका हुन् ।

मध्येपूर्व, अफ्रीका, एशियालाई ठूलो प्रहार भयो र मलाई ६ बर्ष देखि लगातार रुपमा जे कुराको चिन्ता थियो त्यही कोशिस भयो क्षेत्रीले भने । उनले मध्येपूर्व माथि भएको प्रहार डटेर सामना गर्ने बताए । उनले पिएनओ खोल्ने रहर भएकाहरुलाई फुटाएर जान सहज बनाई दिन आग्रह गरेका छन् ।

क्षेत्रीले मध्यपूर्व, एसीया र अफ्रीकाका नम्बर देखाएर ७० लाख एनआरएनए भन्दै नेता बन्ने अहिले अपमान गर्ने भन्दै प्रति प्रश्न गरेका छन् । उनले कहिले पिएनओको बाहानामा बिभिन्न छिद्र खोजेर प्रहार गरेको आरोप लगाएका छन् । उनले मध्येपूर्वका देशको नाम नलिएर निम्सरा भनेर हेपेको आरोप लगाए ।

यसअघि घलेले संघका ६१ देशका करिब ९ सय महाधिवेशन प्रतिनिधि कटौतीको प्रस्ताप गरे पछि विवादमा आएका थिए । अध्यक्षका प्रत्यासी कुल आचार्य समूहको इशारामा ल्याइएको सो प्रस्तावको विश्वव्यापी रुपमा आलोचना भएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित