काठमाडौँ । बेलायतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त ज्ञानचन्द्र आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन्।
बुधबार राष्ट्रपतिको कार्यालय, शीतलनिवास महाराजगञ्जमा भएको समारोहमा राजदूत आचार्यले सपथ लिएका हुन्। त्यसअवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो ।
संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि हुँदै सोही विश्व संस्थाको उपमहासचिवको जिम्मेवारीसमेत सम्हालेका पूर्वपरराष्ट्र सचिव आचार्यलाई मन्त्रिपरिषद्को सिफारिसमा गत माघ १४ गते राष्ट्रपतिले राजदूतमा नियुक्त गरेकी थिइन् ।