एनआरएनए प्रतिनिधि चयनमा भएको अनियमितताबारे बेलायतमा पत्रकार सम्मेलन हुँदै

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औं महाधिवेशन लम्बिदै गएपछि बेलायतस्थित संघका अगुवाहरुले पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् ।

गैरआवासीय नेपाली संघको आइसीसी सदस्य (निर्वाचित) राजेन्द्र पुडासैनीका अनुसार बेलायतबाट संघको महाधिवेशन प्रतिनिधि चयनमा भएको अनियमितता र निर्वाचन प्रकृयामा भइरहेको ढिलाईको बारेमा जानकारी दिने उदेश्यले पत्रकार सम्मेलन हुन् लागेको हो ।

यूके समय अनुसार शनिवार, दिउँसो २ बजे आयोजना हुने सो पत्रकार सम्मेलनमा निर्वाचित तथा वर्तमान सबै आइसीसी सदस्य तथा पूर्व तथा वर्तमान पदाधिकारीलाई आमन्त्रण गरिएको छ ।

भर्चुअल माध्यमबाट आयोजना हुने सो पत्रकार सम्मेलनमा सहभागी हुन सबै संचारकर्मीहरु तथा पदाधिकारीहरुलाई संघका आइसीसी सदस्य (निर्वाचित) दिनेश घिमिरेले आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली संघ यूकेको गत जुलाईमा सम्पन्न निर्वाचन पछि वर्तमान कार्यसमितिले विधान विपरीत केन्द्रीय प्रतिनिधिको दावी गरेको थियो ।

एनआरएनए यूकेको नेतृत्वले प्रतिनिधि विवाद मिलाउन चासो नदेखाएको कारणले संघको केन्द्रीय निर्वाचन समेत प्रभावित हुदै आएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित