पत्रकार विकको परिवारलाई पत्रकार महासंघ बेलायतबाट आर्थिक सहयोग

काठमाडौं । कोरोना संक्रमण भएपछि उपचार समेत नपाएर ज्यान गुमाएका पत्रकार एलबी विश्वकर्माको परिवारलाई नेपाल पत्रकार महासंघ बेलायत शाखाले आर्थिक सहयोग गरेको छ । महासंघ केन्द्रसंगको समन्वयमा बेलायत शाखाले उनको परिवारलाई ५० हजार रुपैँयाको सहयोग प्रदान गरेको हो ।

आइतबार दिउंसो काठमाडौँस्थित महासंघको केन्द्रीय कार्यालयमै एक संक्षिप्त कार्यक्रमबीच सहयोग चेक वितरण गरिएको थियो । महासंघ केन्द्रका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरी र बेलायत शाखाका अध्यक्ष ध्रुवराज अर्यालले स्वर्गीय पत्रकार विश्वकर्माका मामा चन्द्र विश्वकर्मालाई चेक हस्तान्तरण गरेका थिए ।

त्यसअवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले स्वर्गीय पत्रकार विश्वकर्माको परिवारप्रति समवेदनास्वरूप महासंघले सहयोग प्रदान गरेको बताए। आर्थिक सहयोग संकलन गरी पठाउने महासंघ बेलायत शाखालाई उनले केन्द्रीय समितिको तर्फबाट धन्यवाद दिए । महासचिव रोशन पुरीले स्वर्गीय विश्वकर्माको परिवारलाई आउँदा दिनहरुमा पनि आवश्यक पर्ने थप सहयोगको लागि महासंघले पहल गर्ने आश्वासन दिए ।

महासंघ बेलायत शाखाका अध्यक्ष ध्रुवराज अर्यालले बेलायतमा संकलन गरी पठाइएको ५ लाख रुपैँयामध्येको बाँकी रकमबाट केन्द्रसँगको समन्वयमा अन्य पत्रकारहरुलाई पनि छिट्टै सहयोग बांडिने जानकारी गराए । कोभिड महामारीका बेला महासंघ केन्द्रीय समितिले स्थापना गरेको आपतकालिन कोषमा २३ लाख रूपैँया पठाएको बेलायत शाखाले केही महिनाअघि फेरि पाँच लाख रूपैयाको थप सहयोग जुटाएर पठाएको थियो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित