लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षका प्रत्यासी डा. बद्री केसीले पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् ।
डा. केसीका अनुसार गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन तथा निर्वाचनको तयारी लगायतका विषयमा जानकारी दिने उदेश्य आगामी आइतवार पत्रकार सम्मेलनको आयोजना गर्न लागिएको हो ।
संघको नयां नेतृत्वको लागि २८ फेब्रोअरीमा निर्वाचन हुने वातावरण बन्न थाले पछि टिम डा. केसीले आफ्नो चुनावी तयारीको थालनी गरेको हो ।
पत्रकार सम्मेलन नेपाली समय अनुसार साँझ ८ बजे भरर्चुअल मार्फत हुने बताएको छ । यसैबीच महाधिवेशन प्रतिनिधि विवाद मिलाउन संघका प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा गठित उच्चस्तरिय समितिको बैठक भोलि शनिवा बस्ने भएको छ
। सो समितिले भोलिनै महाधिवेशन प्रतिनिधि विवाद टुंगो लगाउने अपेक्षा गरिएको छ ।






