नायक ध्रुव दत्त अभिनित लघु चलचित्र ‘दानव’ युट्युबमा

बेलायतवासी नायक ध्रुव दत्तद्वारा अभिनित नेपाली कथानक लघु चलचित्र ‘दानव’ युट्युबमा सार्वजनिक भएको छ । बेल्जियममा निर्माण गरिएको यस लघु चलचित्रले नेशनल बक्स अफिसमा बेस्ट शर्ट मुभी अवार्ड २०७८ जित्न सफल भएको छ ।

विशेषगरी विदेशमा बसेर ‘लिभिङ टुगेदर’ मा बस्ने जोडीको कथा व्यथामा आधारित यस चलचित्रमा मायाप्रेमको नाटकमा महिलामाथि हुने शोषणबारे उल्लेख गरिएको छ । नायक ध्रुव दत्तलाई युरोपकी सुपरिचित कलाकार पार्वती अधिकारीले साथ् दिएकी छन् भने सहयोगी कलाकारमा वर्षा खड्का र यशु थापा छन् ।रफि शाहको निर्देशन र लेखनमा बनेको उक्त चलचित्रको छायाङ्कन राजु अधिकारीले गरेका हुन् ।

यसैगरी सहायक निर्देशनमा चिरन कुमार खवास, मेकअपमा निशा धिताल र सम्पादनमा तारा थापाको भूमिका छ ।समसामयिक विषयलाई आधारित मानेर बनाइएको उक्त लघु चलचित्र सन्देशमूलक रहेको दर्शकहरुको ठहर छ । करिब २२ मिनेट लामो उक्त चलचित्र आशुतोष फिल्मस् प्रोडक्टसन प्रा.लि. को व्यानरमा निर्माण भएको हो । नायक दत्तले नेपाली चलचित्र, म्यूजिक भिडियो, शर्ट मुभी लगायत नाटकमा समेत राम्रो भूमिका निर्वाह गरिसकेका छन् ।

लघु चलचित्र ‘दानव’ हेर्नुहोस्

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित