एनआरएनए को ‘मोबाइल ब्लड बैंक’ परियोजना चितवनदेखि धनगढीसम्म

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा सुरु गरेको  मानव कल्याणकारी योजना अन्तर्गत ‘मोबाइल ब्लड बैंक’ परियोजना चितवन हुँदै धनगढीसम्म पुगेको छ ।

यसअघि पहिलो मोबाइल ब्लड बैंक (घुम्ती रगत बस) भरतपुर महानगरपालिका मार्फत् चितवन रेडक्रलाई हस्तान्तरण गरिसकेको छ भने दोस्रो चरणमा सुदुरपश्चिम क्षेत्रलाई लक्षित गरेर सोही किसिमको ‘मोबाइल ब्लड बस’ धनगढीमा हस्तान्तरण गर्न लागिएको संघका सचिव गौरीराज जोशीले बताए । ‘मोबाइल ब्लड बस’ परियोजनाका संयोजक समेत रहेका संघका सचिव गौरीराज जोशीले बस हस्तान्तरणको लागि सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । १७ जनवरीमा एक कार्यक्रमकाबीच बस हस्तान्तरण गर्न लागिएको उनले बताए।

जोशीका अनुसार आधुनिक प्रविधिसहितको यो बसबाट लामो दुरीका रक्त संकलन स्थलमा गएर बस भित्रै रक्त दान गर्ने, संकलन गर्ने र सुरक्षित रुपमा ब्लड बैंकसम्म ल्याउन सक्ने सुविधा उपलब्ध छ। ‘नेपालमा रगत भन्डारण सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउनको लागि हामीले यो परियोजना सञ्चालन गरेका हौँ,’ जोशीले भने, ‘नेपालका ब्लड बैंकहरुको गुणस्तर अभिवृद्धि गर्ने हाम्रो लक्ष्य हो।’

धनगढी सुदूरपश्चिम प्रदेशको मेडिकल हबको रुपमा विकसित हुँदै गएको तर, यहाँका अस्पतालहरुले गुणस्तरीय रगत उपलब्ध गराउन निकै चुनौती झेलिरहेको उनको भनाइ छ । ‘गुणस्तरीय रगत प्रदान गर्न समय–समयमा धेरै समस्या सामना गर्नु परिरहेकोले दोस्रो परियोजना धनगढीमै सुरु गर्न लागेका हौँ,’ जोशीले भने।

यसैगरी ‘मोबाइल ब्लड बैंक’ परियोजनामा आर्थिक संकलनको जिम्मेवारी र अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरेका  एनआरएनए अन्तरराष्ट्रिय समितिका पूर्व कोषाध्यक्ष हिक्मत थापा भन्छन् ‘मूलत अमेरिका , कोरिया , जापान , युरोप , अस्ट्रेलिया , युरोप , अफ्रिका र अमेरिकाका सुदुर पश्चिमका गैर आवासीय नेपालीहरु , सुदुरपश्चेमली संघहरु , लगाएत एनआरएनएका विभिन्न एनसीसी र व्यक्तिहरुबाट सहयोग जुताइएको हो,  विशेषत यो सुदुर पश्चिमको लागि ब्लड बैंक बसमा सुदुर पश्चिमका एनआरएनहरु , डायस्पोराका सुदुर पश्चिम समाजहरु कोरिया , अमेरिका , जापान , अस्ट्रेलिया , मलेशिया , युके र एनआरएनए एनसीसीहरु अस्ट्रेलिया , नेदरल्यान्ड , अमेरिका , सेसेल्स , युगान्डा , केन्या , नाइजेरिया आदिको ठूलो सहयोग रहेको छ  ।‘

नयाँ बर्ष २०२२ को उपहारस्वरूप एनआरएनए मोबाइल ब्लड बैंक बसले यहि माघ ३ गते देखि धनगढी उपमहानगरपालिकाको संरक्षकत्वमा रहने गरि नेपाल रेडक्रस सोसाइटी , कैलालीको व्यवस्थापनमा  सुदूर पश्चिम प्रदेशमा सेवा प्रारम्भ गर्ने बताउंदै  थापाले हस्तान्तरण समारोहमा सबैलाई आमन्त्रण गरेका छन् ।

नेपालीहरुको एकताले गर्दा संघले देशमा विभिन्न परोपकारी काम गर्न सफल भएको संयोजक जोशीले बताए । ‘विश्वभरका गैरआवासीय नेपाली र विदेशमा रहेका नेपाली संघ–संस्थाको साथ र सहयोगप्रति हामी आभारी छौं,’ मोबाइल ब्लड बस परियोजनमा जोडिएका सहयोगी मनहरुलाई धन्यावाद दिँदै जोशी भन्छन्, ‘नेपालमा सुधार गर्नुपर्ने समस्या त धेरै नै छन्। परोपकार तथा मानवीय सहायता विभाग अन्तर्गत चलाइएको यो परियोजनाले देशको रक्तसञ्चार प्रणाली सुधारमा टेवा पुर्याएको छ।’

नेपालको रक्तसञ्चार प्रणालीको विकासलगायत अन्य मानवीय सायता परियोजनामा एनआरएनएले धेरै स्थानीय सरोकारवालासँग समन्वय गरिरहेका जोशी बताउँछन्। नेपालमा यस्ता किसिमका मानवीय सेवाका परियोजना पूरा गर्न आर्थिक सहयोगको आवश्यकता पर्ने बताउँदै जोशी भन्छन्, ‘यो परियोजनाले ‘नेपालीका लागि नेपाली’भन्ने हाम्रो मूल नारा वास्तवमै कार्यान्वयन भएको देखिन्छ।’

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित

गायिका तथा मोडल रिया खत्रीको ‘यूके शहर’ सार्वजनिक