विदेशमा बस्ने ८८ प्रतिशत नेपालीले लिए कोरोनाविरुद्ध पूर्ण खोप

लण्डन । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट बच्न नेपाल बाहिर बसोबास गर्ने नेपाली मध्ये ८८ प्रतिशत भन्दा बढीले कोरोना भाइरस संक्रमण विरुद्धको पूर्ण खोप लिएका छन् । गैरआवासीय नेपाली संघका अनुसार विदेशमा ५१ देशमा रहेका बस्ने ८८ प्रतिशत भन्दा बढी नेपालीहरूले खोपको पूर्ण डोज पाएका छन्।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार अष्ट्रेलिया, न्युजिल्याण्ड, हङकङ, माल्दिभ्स, अमेरिका, क्यानाडा, युके, मलेसिया, बहराइन, अफिक्रा, दक्षिण कोरिया लगायतमा रहेका नेपालीहरुले खोप लिएका छन् । तर भारत, बंगलादेश जस्ता देशहरूमा भने ७० प्रतिशत भन्दा कम नेपालीले पूर्ण मात्रा खोप लगाएका छन्।

न्यूनतम खोप उपलब्ध भएका देशहरु देशहरूमा घाना, नाइजेरिया, दक्षिण अफ्रिका, तान्जानिया, युगान्डामा सामान्य जनसंख्याको तीस प्रतिशत भन्दा कम जनसंख्याले खोपको सुविधा प्राप्त गरे पनि त्यहाँस्थित ९० प्रतिशत नेपालीले भने खोप पाएका छन् ।

स्वास्थ्य समितिलाई प्राप्त जानकारी अनुसार नेपाल बाहिर रहेका नेपालीहरुको खोप लिने दर उच्च रहेको छ । यस्तै कोरोना बिरुद्धको तेस्रो खोप (बुस्टर डोज) सबै देशमा उपलब्ध नभए पनि उपलब्ध भएका देशमा भने नेपालीहरुले तेस्रो खोप समेत लिएका छन् ।

अहिले सम्म बेल्जियममा ९० प्रतिशत नेपालीले बुस्टर डोज लिइसकेका छन् । बेलायतमा रहेका ६० प्रतिशत भन्दा बढी नेपालीहरुले बुस्टर लिएको संयोजक डा सापकोटाले बताउनुभयो । समितिका अनुसार विदेशमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले समेत तेस्रो खोप प्राप्त गरि सकेका छन् ।

हाल विश्वको कुल जनसंख्याको ५१ प्रतिशतले पूर्ण रुपमा खोप लगाएको तथ्यांक छ । कोरोना महामारी शुरु भएयता गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले विदेशमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्थाको बारेमा तथ्यांक संकलन गर्ने, उनीहरुको स्वास्थ्य सम्बन्धमा साचो राख्दै बिभिन्न स्वास्थ्य मुलक जनचेतना कार्यक्रम गर्दै आएको छ ।

संघको स्वास्थ्य समिति अन्तर्रगत विदेशमा विभिन्न स्वास्थ्य केन्द्रमा कार्यरत दुई सय भन्दा बढी चिकित्सकहरुले तथ्यांक संकलन र जनचेतना कार्यक्रम सम्पन्न गर्न सघाई रहेका छन् । स्वास्थ्य समितिद्धारा जारी पछिल्लो तथ्यांक संकलन गर्न डा सागर पौडेल (भारत), डा नीतेश अर्याल, लक्ष्मी गिरी (बहराइन), रोशन थापा, कृष्ण भट्ट (अफ्रिका), डा बोधराज सुवेदी (युरोप), एलिजा केसी (जापान) , गोविन्द खरेल (बेलायत), गोकर्ण ढकाल (हङकङ), र लोक दाहाल (युरोप) लगायतले सहयोग रहेको स्वास्थ्य समितिले जनाएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित