सेफ सन्तोष नेपाली खाना लिएर फेरी बीबीसी मास्टरसेफमा जाँदै

लन्डन । ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ मा उपविजेता बनेका सेफ सन्तोष शाह फेरी मास्टर सेफको प्रतिस्पर्धामा जाने भएका छन् । बीबीसीबाट प्रसारण हुने हस्पिटालिटी क्षेत्रमा विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेशनल यूके’ मा नेपाली खाना लिएर उपविजेता बनेका सेफ सन्तोष ‘रिम्याच’ अन्तर्गतको विधामा सहभागी हुन लागेको सन्तोषले बताए ।

यसमा अन्तिम चारजना प्रतिस्पर्धीले भाग लिन पाउनेछन् । यसपाली सन्तोषले आमाको हातबाट बनाएका तराइका बिर्या, तिलौरी जस्ता खाना लिएर प्रतिस्पर्धा गर्नेछन् । ‘यसअघिको कार्यक्रममा तराइको खानलाई समेट्न पाएको थिइन तेसैले यसपटक तराइको खाना पस्किने तयारीमा छु, सन्तोषले नेपाली लिंकलाई बताए ।

यसपाली उनले एउटा मौलिक परिकार ‘कुखुराको तिते’ पनि आफ्नो परिकारमा समावेश गर्नेछन् । करिब पाँच महिना नेपाल बसाइमा आफूले बटुलेका नेपाली खानको अध्ययनको  आधारमा यसपटकको प्रतिस्पर्धाको तयारी गरिरहेको सन्तोषले बताए । ‘नेपाली खानालाई फेरी पनि विश्वमाझ चिनाउने अवसर प्राप्त गरेको छु, सबैको मायाँ र आशिर्वादले यसपटक सफलता मिल्ने आशा गरेको छु’ सन्तोषले भने ।

क्रिसमसको अवसरमा प्रसारण गरिने उक्त रियालिटी शो क्रिसमसवीकमा हुने भएपनि मिति भने तय भएको छैन ।

सन् २०२० को प्रतिस्पर्धाको विभिन्न राउन्डमा विदेशी खाना र विदेशी सेफलाई पछि पार्दै फाइनल राउण्डसम्म पुगेका सन्तोषले यसपटक आफ्नो मास्टर सेफ हुने सपना बोकेका छन् ।

३२ जना चर्चित सेफबाट शुरु भएको उक्त प्रतियोगितामा नेपाली सेफ सन्तोष शाहले विभिन्न मौलिक नेपाली परिकार विश्वमाझ चिनाउन सफल भए । आफू विजेता नभएपनि विश्वसामू नेपाली खाना पुरयाएर विदेशी एवम् नेपालीको मन जित्न सफल हुनु नै उनको विजय मानिएको थियो ।

सिराहा जिल्लाको कर्जन्हाबाट दुई दशकअघि १५ वर्षको कलिलो उमेरमै जिविकोपार्जनका लागि भारत हुँदै बेलायत आएका सन्तोषले यहां निकै प्रतिष्ठित मानिने भारतीय ‘मिसिलिन स्टार’ प्राप्त कम्पनीहरुमा एक्जुकेटिभ सेफको उच्च पोजिसिनमा काम गरे । फ्रेन्च कुजिइनका ‘गडफादर’ मानिने रेमण्ड ब्लांक (ओबिई) र अर्का सेलिब्रेटी सेफ विवेक सिंहसंग पनि उनले काम गरे । भारतीय कुइजिनमा करिब दुई दशक बिताएपछि सन्तोषमा नेपाली खाना अन्तरराष्ट्रिय बजारमा चिनाउने भावना लिएर लगातर लगात्रा अघि बढेका छन् ।

यसअघिको  कार्यक्रममा सन्तोषले फाइनलसम्म पुग्दा अक्टोपस, जिम्बुले मोलेको पोलेको खसीको मासु, रायोको साग, पुदिना पराठा, सांधेको भटमास, क्रिस्पी प्याज, पुरी, भुटेको खुर्सानी र नुन, बासी भात शैलीमा भुटेको चिउरा, गंगटाको ‘करी’ टिमुर स्पाइस्ड् अक्ट्पस वीथ सिस्नु र आलुको तरकारी, भाङको चट्नी र कर्कलोको पात, पोलेको भेडाको मासु, खसीको मासुको झोल, बेथेको साग, गहुँको रोटी, तामाको अचार पोलेको माछा, आलुको अचार, करेला र टमाटरको चट्नी तथा ढुम्रीभित्र आलुको अचार जस्ता मौलिक नेपाली परिकारलाई नेपाली खानाको रुपमा प्रदर्शन गरिसकेका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित

गायिका तथा मोडल रिया खत्रीको ‘यूके शहर’ सार्वजनिक